१४ बैशाख २०८१, शुक्रबार

सूचनाको हक़ सम्बन्धि एक दिने तालिम

 

शमशाद आदिल

काठमाण्डौ, ललितपुर स्थित नेशनल ल कोलेजमा एस टुगेदर वी क्यानको आयोजनामा सम्पन्न भएको छ ।

प्रमुख अतिथि तथा प्रशिक्षकको रुपमा रहेका किरण पोखरेलले लोकतन्त्रमा सब भन्दा शक्तिशाली नागरिक हुन्छन,नागरिकको सर्वोच्चता कायम गर्न जनतालाई सूचना को हक़ अधिकार दिएको बताए । राष्ट्रीय सूचना आयोगका आयुक्त समेत रहेका किरण पोखरेलले देशमा जुनसुकै तन्त्र आए पनि यदि सरकारले ‛ जनता को सहभागिता सुनिश्चित गर्न सक्दैन ,पारदर्शिता हुदैन , जनताको हृदयमा प्रवेश गर्न सक्दैन भने सरकार टिके पनि त्यसको कुनै उपलब्धि हुदैन ‘भन्ने ठहर गरे । कोलेजको सभाहालमा लगभग डेढ़ सय बिद्यार्थीको उपस्थितिमा संचालन भएको तालिममा किरण पोखरेलले आफ्नो कुरामा जोड़ दिदै भने शासन प्रणालीमा पारदर्शिता ल्याउन, नागरिकको सहभागिता सुनिश्चित गराउन , शासन प्रणाली आफ्नो क्रियाकलापमा जवाफदेहि हुन ऱ शासन प्रणाली लाई सुशासन कायम गर्ने आधारको रुपमा सूचनाको हक़ चाहिन्छ भन्ने कुरा बिद्यार्थी माझ ब्यक्त गरे । सार्वभौमसत्ता अखण्डता राष्ट्रीय सुरक्षा सार्वजनिक शान्ति सुब्यवस्था वा अंतरराष्ट्रीय बिषयहरुमा गम्भीर खलल पार्नेे विषयहरू , जातजाति वा सम्प्रदाय बीच खलल पार्नेे , ब्यक्तिगत गोपनीयताको र जीव ज्यानको खतरा हुने लगायत विषयहरूको क्षेत्र बारे सूचना मांग्न नपाउने अधिकारको जिकिर गरे । नेपाल को संविधानमा रहेको मौलिक अधिकार अन्तर्गत धारा २७ मा सूचनाको हक ले सरकारलाई खबरदारी गर्ने हैसियत जनता मा निहित गरेको छ।

लोकतन्त्र लाई बलियो बनाउन सूचनाको हक़ हुनु पर्ने कुरा कार्यक्रममा बिशिष्ट अतिथि तथा नेशनल ल कलेजका प्रधानाध्यापक डाक्टर राम कृष्णा तिमिलसिना ले ब्यक्त गरे । अतिथिको रुपमा रहेका सूचना अभियंता सरफुल्लाह अन्सारीले लोकतन्त्रमा जनतालाई सुचनाको हक हुनुभनेको शासन प्रणालीका अङ्गहरु प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रण रहनुको साथै नागरिकको सुचनाको हकको सम्मान र संरक्षण गर्नु गराउनु प्रत्येक सार्वजनिक निकायको दायित्व हो भन्ने कुरा राखे । सिंहदरबार ढोका खोल अभियान चलाएका अन्सारीले अहिले सूचना मांग्न सहज भएको समेत बताए। कार्यक्रमको अध्यक्षता गरेका एस टुगेदर वी क्यानको अध्यक्ष गोबिंद साहले स्थानीय निकायमा अहिले सम्म सूचना अधिकारीको व्यवस्थापन नभएकोले दुःख प्रकट गरे । अंतरराष्ट्रीयस्तरमा १२७ औँ भ्रष्टाचारी देशमा नेपाल रहेको कुरा हामी सबैको लागि लाजमर्दो विषय भएको भन्दै सूचनाको हक़ अधिकार लाई व्यवहारिकरण गर्न आफ्नो संस्था ब्यापक रुपमा तालिम संचालन गर्दै आएको बताए । एस टुगेदर वी क्यान ले बिगत दुई वर्ष देखि बिद्यार्थीहरुमा नेतृत्व बिकास गर्न विभिन्न किसिम को तालिमहरुको आयोजना गर्दै आएको छ । यस संस्थामा अहिले देशै भरी बाट करीब ९० जना सदस्य रहेको आयोजक संस्थाका कार्यसमिति सदस्य शमशाद आदिलले जानकारी दिए । कार्यक्रम को सञ्चालनको जिम्मेवारी अप्सरा झाकरी मगर र आदित्य यादव ले निर्वाह गरेका थिए।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट