अबैध काठ बरामद

कपिलवस्तु/संवाददाता
कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं १२ नरैनापुर बाट ६ गुलिया लगभग २० क्यूफिट अबैध काठ इलाका प्रहरी कार्यालय गणेशपुर प्रहरी निरिक्षक नवीन पौडेल को कमांड मा खटिएको टोली ले पक्राउ गरि आवश्यक कारवाही का लागि सव डिभिजन वन कार्यालय ठकुरापुर मा पठाइएको छ। पछिल्लो समयमा काठ को चोरी तस्करी बढ्ने क्रममा प्रहरी ले पनि निगरानी बढाउदै आएको छ। इलाका प्रहरी कार्यालय गणेशपुर बाट प्रहरी निरिक्षक नवीन पौडेल को नेतृत्व मा खटिएको टोलीले पछिल्लो क्रममा अबैध काठ तस्करी लाइ निरुत्साहित पार्ने देखिएको छ। साथै पछिल्लो समयावधि मा भिन्न भिन्न ठाउँ बाट अबैध काठहरु समाति कारवाही का लागि वन कार्यालय पठाइएको कुरा इलाका प्रहरी कार्यालय गणेशपुर ले जनाएको छ।
Facebook Comments Box