अबैध काठ बरामद

सेयर गर्नुहोस

विनोद ओझा पुस ७
कपिलबस्तु जिल्ला को इलाका प्रहरी कार्यालय गणेशपुर बाट प्रहरी निरिक्षक नवीन पौडेल को नेतृत्व मा खटिएको टोलीले विभिन्न ठाउँ बाट अबैध काठ बरामद गरेको छ। पुस ६ गते साझ विजयनगर गाउँपालिका वडा नं ५ पर्सोहिया मा ५० क्यूफिट अबैध काठ सहित ट्रयाकटर बरामद गरेको छ। साथै आज बिहान विजयनगर गाउँपालिका वडा नं ५ गेडुवाजोत मा भारत बाट नेपाल तर्फ ल्याउदै गरेको करिब १० क्यूफिट अबैध काठ बरामद गरि सबै काठ र ट्रयाकटर आवश्यक कारवाहीको लागि सव-डिभिजन वन कार्यालय ठकुरापुर पठाइएको जानकारी इलाका प्रहरी कार्यालय गणेशपुर ले जनाएको छ।

Facebook Comments Box