निशुल्क शिविरमा अढाई सय बढीकाे अांखा जाँच ।।

सेयर गर्नुहोस


कृष्णनगर, मंसिर २२ ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानकाे अायाेजना तथा नेपाल नेत्र ज्याेति संघकाे सहयाेग मा अाज कृष्णनगर नगरपालिका वडा नम्बर १२ बेदमऊमा निशुल्क अांखा जाँच शिविर संचालन गरिएकाे थियाे ।

साे शिविरमा अाेपिडि तर्फ २५० जनाकाे अांखा जाँच गर्नुका साथै ५२ जनाकाे शैल्यक्रिया गर्नु पर्ने अस्पताल स्राेतले जनाएकाे छ । अति विपन्न र पिछडिएका समुदायका लागि निशुल्क अांखा शिविर लगाएकाेमा संस्थानलाई धन्यबाद दिदै समाजसेवी सुदिप त्रिपाठीले अगामी दिनमा पनि यस्ता शिविरहरु संचालन गर्न अनुराेध गरेका थिए ।

Facebook Comments Box