१ श्रावण २०८१, मंगलवार

‘समुदाय प्रहरी पालिका समिति’ कृष्णनगरमा गठन ।

 

कृष्णनगर,कार्तिक २० । स्थानिय तहकाे समन्वयसहित अपराध निर्मुल पार्ने उद्देश्यले ‘ सामुदाय प्रहरी पालिका समिति ‘ कृष्णनगर इप्रकाले गठन गरेकाे छ ।

जिल्लास्तरबाटै गठन गरिएकाे सामुदाय सुरक्षा समितिलाई निरन्तरता दिदै अाज कृष्णनगर इलाका प्रहरी कार्यालयले इप्रका इन्चार्ज सदस्य सचिव रहनेगरि पन्द्रह सदस्यीय सामुदाय प्रहरी पालिका समिति गठन गरेकाे छ । नगरप्रमुख रजत प्रताप शाहकाे संयाेज्कत्वमा गठन भएकाे समितिका सहसयाेजक उपप्रमुख सबनम खातुन र जिल्ला प्रहरी कार्यालयका प्रनि गाेविन्द राउत छन भने सदस्यहरुमा क्रमश: वडाध्यक्ष संजय गुप्ता, नसिब हुसेन, दिनेशचन्द्र गुप्ता, अनिलकुमार श्रीवास्तव, शुधांशु गिरि, भुमिराज भट्टराई, केशर बिश्वकर्मा, दानवीर पुन, मिना परियार, अंकुश श्रीवास्तब, कृष्णदेवी सिंह र गणेश बन्जाडे रहेका छन ।
यस समितिले नगरपालिका भित्र अपराध , महिला हिंसा, सिमा सम्बन्धि समास्या लगायत स्थानिय स्तरकाे घटनाहरुबारे विभिन्न संघसंस्थाहरुकाे सहकार्यमा सुधार र समाधानका लागि अघि बढने छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट