१३ बैशाख २०८१, बिहीबार

सिमाक्षेत्र हुदै काठ तस्करी शुरु

कपिलबस्तु , कार्तिक १० । एक बर्षदेखि बन्द रहेकाे काठ तस्करी फेरि शुरु भएकाे छ ।
कपिलबस्तु जिल्लाकाे विजयनगर गाउंपालिकाकाे सिमा भारतकाे बलरामपुर जिल्लाकाे पुरुसाेत्तमपुर घाट छाेएकाे छ । नेपाल-भारत सिमा छुट्टयाउने चरंगवा नदी हुदै भारतिय जंगलबाट कालाे सिशम तस्कारी शुरु भएकाे छ । राति बाह्र बजे देखि तीन बजेसम्म कालाे सिसम भारतीय जंगलबाट विजयनगर गाउपालिकाकाे गेडुवाजाेत हुँदै दर्जनाैं सा-मिलमा पुगाईने गरिएकाे एक जना काठ तस्कारले बताएका छन ।

भारत सिमादेखि मात्र एक किलोमिटर भित्र दर्जनबढी काठ उद्योग र सा-मिलहरु छन । ती सा-मिलहरु भारतीय जंगल र अाबदी रुखहरु माथि निर्भर गरेका हुन्छन साथै चिरान भएका काठहरु अासपासका फार्निचर उद्योग तथा बुटवल , काठमाडौसम्म पठाईदै अाएका छन । स्राेत अनुसार दशैंभन्दा एकहप्ता पहिलादेखि शुरु भएकाे काठ तस्कारीमा बन कार्मचारी र प्रहरीकाे पनि सेटिङ हुन्छ जसकारण कुनै सुचना पाए काठ समातिने गरिन्छ तर तस्कार समातिन्न । तस्कारी बारे ठकुरापुर रेन्ज पाेष्टका बन कर्मचारी भन्छन ‘सुचना पाएपछि हामी प्रहरीलाई खबर गर्दै अाएका छाैं , त्यहीं गणेशपुर ईप्रका का प्रहरी निरिक्षक नवीन पाैडेल भन्छन ‘ हामी सुचनाका अाधारमा कार्यवाही गर्ने हाे ‘ । जबकि गेडुवाजाेत डालपुर भित्रका सा-मिलहरु महिनाैंदेखि कालाे सिसम चिरान गर्दैअाएका छन । भारतीय जंगलकाे कालाे सिसम नेपालका जंगलमा पाईने सिसम भन्दा राम्राे क्वालिटि हुने हुदां यसकाे डिमाण्ड फर्निचरमा बढदै गएकाे उद्योगी बताउछन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट