६ बैशाख २०८१, बिहीबार

नेपाल-भारत संयुक्त दशगजा सफाई सम्पन्न


कपिलबस्तु , असाेज २८ । भुपु सैनिक संघद्वारा नेपाल-भारत दश गजाकाे सरसफाई अभियान सम्पन्न गरेकाे छ ।
जिल्लाकाे कृष्णनगर नगरपालिकाकाे व्यावस्थापन रहेकाे सरसफाई कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी , कपिलबस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंह नेपाल प्रहरीका प्रहरी उपरिक्षक मनाेज यादव, अनुसन्धानका नन्दकुमार धिताल र भारतीय एसएसबीका एसपी गाैरव सिंह काे उपस्थितमा दश गजा सरसफाई गरिएकाे छ ।

सरसफाई सम्बन्धि जनचेतना फैलाउन यस्ता कार्यक्रमहरु गर्दै लैजानुपर्छ भनी उपस्थित सराेकारवालाकाे भनाई रहेकाे थियाे । त्यस्तैगरि नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ कपिलबस्तु शाखाले अायाेजना गरेकाे दस गजा सरसफाई कार्यक्रमले कृष्णनगर र बढनी दुवैतिरका सर्वसाधारणलाई अापसी मित्रता र सफाई स्वच्छता सम्बन्धि जनचेतना मुलक संदेश दिएकाे भारतीय एसएसबी का एसपी गाैरव सिंहकाे भनाई थियाे । कार्यक्रमलाई जनचेतना स्वरुप कृष्णनगर मुख्य नाकादेखि यात्रुनाकासम्म संयुक्त सरसफाई गरिएकाे नगर प्रमुख रजत प्रताप शाहले बताउनुभएकाे छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट