६ बैशाख २०८१, बिहीबार

दिल्लीमा केअाई द्वारा ८ जना नेपाली महिलाको उद्धार

असोज २७,|
भारतको नयाँ दिल्लीस्थित पहाडगंजको एक होटलबाट वैदेशिक रोजगारिको शिलशिलामा बन्धक रहेका नेपाली महिला तथा किशोरीहरुको के. आई. नेपाल, दिल्ली महिला आयोग र दिल्ली पुलिसको संयुक्त प्रयासमा ८ जना नेपाली महिला तथा किशोरीको उद्धार गरिएको छ ।
१९ देखि ३७ बर्ष उमेरका उक्त महिला तथा किशोरीहरुलाई विभिन्न बहानामा कुवेत तथा इराकमा रोजगारीमा पठाइदिने भनी ३ दिनदेखि १ महिनासम्म नेपालका विभिन्न जिल्लाहरुबाट दिल्ली पुर्याई बन्धक बनाएर राखिएको जानकारी के.आई. नेपाललाई प्राप्त भए पश्चात उद्धार प्रकृया अगाडि बढाइएको थियो भने उद्धार गरिएका महिला तथा किशोरीहरुलाई दिल्ली महिला आगोगको सहकार्यमा दिल्ली स्थित पुनस्र्थापना केन्द्रमा राखी परामर्श दिने कार्य भईरहेको जानकारी के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले बताउनुभएको छ ।
उद्धार भएका महिला तथा किशोरीहरुले लामो समयको बन्धकबाट मुक्त भई नजिकिदै गरेको दशैको अवसरमा घर तथा परिवारमा पुनर्मिलन हुने आशमा खुशी व्यक्त गरेका छन् भने ती महिला तथा किशोरीहरुलाई आवश्यक कानुनी प्रकृया पुरा गरी स्वदेशफिर्ती गरी परिवारमा पुनर्मिलन गराइने जानकारी दिल्लीस्थित के. नेपालका प्रतिनिधि नवीन जोशीले दिनुभएको छ।
के. आई. नेपालले गत साउन ९ गते भारतको नयाँ दिल्लीस्थित मुर्निकाको एक कोठाबाट १६ जना नेपाली महिला तथा किशोरीको उद्धार गरिएको र सोही साताको साउन १५ गतेका दिन भारतको नयाँ दिल्लीस्थित पहाडगंजबाट ३९ जना महिला तथा किशोरीको उद्धार गरी ५२ जना महिला तथा किशोरीहरुलाई स्वदेशफिर्ती पश्चात परिवारमा पुनर्मिलन गराउन सफल भएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट