१३ बैशाख २०८१, बिहीबार

मुस्लिम लाई भेदभाव भएकाे मदरसा संघकाे अाराेप

शहबाज खान,कपिलबस्तु ।
नेपाल सरकार ले सबै तहमा समानुपातिक धारणा ल्याए संगै अल्पसंख्यक मुस्लिम लाई पनि राज्यको मूलधारमा ल्याउनु पर्ने माग उठाउदै राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय महासचिव मौलाना मसहूद खाँ नेपाली ले राज्यले अल्पसंख्यक मुस्लिम समुदायलाई राज्यको समानुपातिक समावेशी सिद्धान्त अनुसार सेना,प्रहरी,शसस्त्र प्रहरी र अन्य निकायहरुमा कोटा नछुट्याएको प्रति अक्रोश व्यक्त व्यक्त गर्दै अल्पसंख्यक मुस्लिम पनि राज्य मा पछाडी रहेको साथै राष्ट्रको मूलधारमा ल्याउन सरकारले पहल गरेको छैन्।जबकि जनसंख्याको आधारमा हेर्दा पनि करिब ४.३९%मुस्लिम को बसोबास नेपालमा रहेको छ।
यसका आधारमा पनि समानुपातिक सिद्धान्त अनुसार अल्पसंख्यक मुस्लिम समुदाय लाई राज्यको मूल प्रवाहिकरण मा ल्याउन माग समेत गरेका छन्।
यसका साथै यो समस्या चाडै समाधान गर्न नेपाल सरकार संग आग्रह समेत गरे।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट