१३ बैशाख २०८१, बिहीबार

भव्यता का बाल दिवस मनाइयो

 

देवानन्द ठाकुर ,चन्द्राैटा/ भदाैं २९ ।

“सुखी नेपाली समृध्द नेपाल :बाल अधिकार सबै को सरोकार” भन्ने मुल नारा साथ राष्टिय बाल दिवस २०७५ भब्य रुपले कपिलवस्तु को शिवराज ८ श्री जनचेतना सा.मा.बि लझ्मणपुर का बिद्यार्थी द्वारा र्याली कार्यक्रम गरी मनाईएको छ| उक्त कार्यक्रम को आयोजक कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलबस्तु , सह-आयोजक श्री जनचेतना सा.मा. लझ्मणपुर, समन्वय शिवराज नगरपालिका कपिलबस्तु र सेभ द चिल्र्डेन को सहयोग मा सम्पन्न भएको छ | कार्यक्रम मा स्वागत मन्तव्य प्र.अ. अर्जुन प्रसाद खनाल , बाल अधिकार र दिवस को बारेमा दिनेश कुमार चौधरी ले जानकारी दिनुभएका हुन। र्याली कार्यक्रम ले बिद्यालय को सेरोफेरो लाई मध्यनजर गर्दै अवधी र नेपाली भाषा मा लिखित प्ले कार्ड का साथ नारा लगाउदै विभिन्न गाउ गाउ मा गई बाल अधिकार सम्बन्धी चेतना मुलक जानकारी गराएका छन। र्याली मा प्रयोग भएका मुल नारा सहित केही अन्य नाराहरु ” शादी कय बात- बीस साल बाद।”, “छोट उमेर मे शादी जीवन कय बर्बादी। “, “बाल बालिका सिक्न लाई कमाउना लाई होईन।”,”बाल श्रम अन्त्य गरौ ।” कार्यक्रम लाई सफल पार्न बिद्यालय का सम्पुर्ण शिक्षक-शिक्षिका, आयोजक टिम सहित बिद्यार्थीहरु को सहयोग ले सम्पन्न भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट