१५ बैशाख २०८१, शनिबार

२५ कार्टुन प्रतिबन्धित चल्ला नष्ट


प्रिन्स मिश्र/बहादुरगंंज, भदाैं १२ । ईप्रका कृष्णनगर प्रहरीले पचीस कार्टुन अवैध कुखुराकाे चल्ला पक्राउ गरि नष्ट गरेकाे छ ।
बिशेष सुराकीकाे अाधार इलाका प्रहरी कार्यालयकाे टाेलीले प्रतिबन्धित एक लाख सैंतीस हजार पांच सय बराबरकाे कुखुराका चल्ला नेपाल भित्रिने क्रममा पक्राउ गरि नष्ट गरेकाे प्रहरीले जनाएकाे छ । कृष्णनगर र कुशहवा बढनी हुँदै नेपाल भित्रिने पचीस कार्टुन कुल पचीस सय गाेटा कुखुराका चल्लालाई नियन्त्रणमा लिई पशु क्वारेनटाईनकाे राेहबरमा नष्ट गरेकाे छ ।
केही दिन यता प्रहरीकाे सक्रियता बढेका कारण चल्ला भित्रिने क्रम घटदै गएकाे स्राेतले जनाएकाे छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट