२९ असार २०८१, शुक्रबार

घाेरहीमा पुल नहुंदा पढाइ बाधित ।।

कृष्णनगर , भदाैं ८ । घाेरही नदीमा पुल नभएका कारण पठनपाठन बाधित हुँदै अाएकाे छ ।
कृष्णनगर नगरपालिका काे वडा १ मा क्षितुहनी ,सिसहनिया लगायतका गाउंलाई मुख्य सडकसंग जाेड्न घाेरही नदीकाे डायभर्जन शाखामा पुल नहुंदा दुई गाउंका बिद्यार्थीहरुलाई पठनपाठन गर्न समास्या हुँदै अाएकाे छ ।
सा-साना बिद्यार्थीहरु बर्षायाममा पानी स्तर घटेमात्र नदी पार गरि जाेखिम माेलेर शिवानगर स्थित श्रीदेवी अाधारभुत विद्यालयमा पढ्न जाने गरेका छन । पानी स्तर धेरै बढेपछि बिद्यार्थीहरु बिद्यालय छाेड्ने र एक घण्टा लगाएर मुख्यबाटाे हुँदै विद्यालय पुग्ने गरेका स्थानिय राजकुमार ठाकुर बताउंछन ।

अार्थिक बर्ष ०७४/ ०७५ मा पुल निर्माणका लागि कृष्णनगर नगरपालिकाले कुल दस लाख विनियाेजन गरेकाे थियाे तर त्यति रकम अपुग हुने भएकाले बन्न सकेकाे छैन । स्थानिय सर्वसाधारणलाई कृष्णनगर बजार पुग्न समेत समास्या भईरहेका कारण पुल छिटै निर्माण गर्न स्थानियबासी माग रहेकाे छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट