कपिलबस्तुका उखु किसान अनसनमा

सेयर गर्नुहोस

चन्द्राैटा , साउन ३० ।

कपिलबस्तुमा उखु किसानलाई सरकारले दिने अनुदानको रकम नपाएपछि अनशन बस्न बध्य भएका छन् ।
जिल्लाका कतिपय उखु किसान ऋण काढेर खेती गर्दै अाएका थिए तर समयमा पैसा भुक्तानी नहुनु र अनुदान रकम पनि नपाउनले झन समास्या थपिदै गएका कारण अाजदेखि अनशन शुरु गरेका छन । अव ०७१/७२ मा सरकारले प्रति क्वीन्टल २५ रुपैयाको दरले दिने भनेपनि अहिलेसम्म नपाउदा किसानहरु अनशनमा बस्ना बध्य भएका छन । जिल्लामा ७ हजार उखु कृषकले सो अनुदान पाउन सकेका छैनन ।
कपिलवस्तुमा मात्रै करिव ढाई करोड रकम किसानहरुले पाउनुपर्ने रहेको भएपनि सम्पुर्ण प्रकृयाहरु पुरा गरेको भए पनि रकम पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले वताए । अनुप कुमार चौधरी शिवराज नगरपाकिला वडा नं ७ का वडा अध्यक्ष समेत हुन । अन्य जिल्लाका किसानहरुले अनुदानको रकम पाएपनि कपिलवस्तु किसानले नपाएको उखु कृषकहरु बताउछन् ।
करिव ४ वर्ष भन्दा पहिले दिने भनेको रकम अहिले सम्म किन पाउन सकिएन ? किसानहरुलाई आस देखाएर नदिनु गलत भएको भन्दै सरकराले किसानहरुलाई तुरुन्तै अनुदान वापत रकम दिनु पर्ने किसानहरुको माग छ । पटक पटक सरकारको ध्यानकर्षण गरेपनि अनुदान नपाएको चौधरीको गुनासो रहेको छ । महालक्ष्मी सुगर मिलले कागजपत्रमा ढिलाई गर्दा लगाएतका कारण देखाउदै सो रकम नदिएको चौधरीले वताए ।
अनशनमा अध्यक्ष अनुप कुमार चौधरी सहित राम बहादुर रायमाझी, राम प्रकाश चौधरी हरी नारायण चौधरी बलराम पाण्डे लगायत रहेका छन । अनुदान पाउने रकम हाल सम्म पनि नपाएको भन्दै किसानहरुले इलाका प्रशासन कार्यालय चन्द्रौटामा अनशन बसेका हुन ।

Facebook Comments Box