सनिउल्ला धोबी, कपिलवस्तु
नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरिञ्जीवी नेपालले आर्थिक क्रियाकलपा बढाउनु
पर्ने बताउनु भएको छ । आर्थिक क्रियाकलाप बढाए भोलीको दिनमा हामी नेपाली
समृद्धी तर्फ अगाडी बढ्न सक्ने बताउनु भएको छ । कपिलवस्तुको गोरुसिगेंमा
सत्यवती लघुवित्त वित्तिय संस्था लिमिटेडको केन्द्रिय कार्यालय उद्घाटन
समारोहलाई सम्बोधन गर्दै उहाले अर्थ तन्त्र मजबुद बनाउनु पर्नेमा जोड दिनु
भएको हो । पैसा कमाउनाका लागि विदेशको भर पर्नु भन्दा नेपालमा नै काम
गरे यहाको विकास गर्न सजिलो हुने बताउनु भयो ।
नेपालको अर्थ अवास्था उकास्नाका लागि कृषिमा जोड दिनु पर्ने बताउनु भएको
छ । उहाले सरकारले दिएको ५ प्रतिशत अनुदानको उपयोग गर्न अनुरोध गर्नु
भयो । उहाले स्थानिय स्तरमा रहेका विभिन्न वितिय संस्थाबाट लागानी लिइ
नेपाललाई सम्पन्नता बन्न सबैलाई अनुरोध गर्नु भयो ।
उहाले नेपालको अर्थतन्त्र उकास्नाका लागि अब नाका बन्दीलाई सम्झेरा आफ्नो
काम गर्न किसानहरुलाई आग्रह गर्नु भयो । नाका बन्दीको समयमा हामी नेपालीहरु
जसरी आप्नो दैनिक जिवनमा आई पर्ने समास्यलाई समाधान गरेका थियौ त्यही
अवास्थालाई सम्झेरा काम गरे आर्थिक रुपमा मजबुद हुन सक्ने बताउनु भयो ।
कपिलवस्तुको गोरुसिगेंमा आवस्थित सत्यवती लघुवित्त वित्तिय संस्था लिमिटेड
नेपालको प्रदेश नं ५ र ६ भित्रका १० वटा जिल्लामा आप्नो शाखाहरु खोल्ने
बताएको छ । कपिलवस्तुमा केन्द्रीय कार्यालय खोल्ने पहिलो वित्तिय संस्था
सत्यवती लघुवित्त वित्तिय संस्था लिमिटेड बनेको छ । यस वित्तिय सस्थाको कार्यक्षेत्र
कपिलवस्तु सहित रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाची, रोल्पा,
प्युठान, सल्यान र जाजरकोट रहेको कार्यकारी प्रमुख बाबुलाल नेपालले बताउनु
भयो ।
3