२६ भाद्र २०८१, बुधबार

राम गाेरखा माविमा प्राविधिक कक्षा शुरु ।


कृष्णनगर , साउन २ । बहादुरगंजमा रहेकाे राम गाेरखा मावि यही साउनदेखि कृषि तर्फ जेटिए कक्षा संचालन हुने भएकाे छ ।
सम्पुर्ण त्यारी पूरा भएलगत्तै शैक्षिक सत्र २०७५ मै सिटिईभीटीबाट सम्बन्धन भई ल्याब व्यवस्थापन संगै जेटिए तर्फ बाली विज्ञानकाे लागि साउनभित्रै कक्षा संचालन हुने विद्यालयका प्रधानाध्यापक प्रदिप कुमार सिंहले जानकारी गराएका छन । उनले विद्यालय व्यावस्थापन समितिकाे सहयाेग र विद्यालय परिवारकाे प्रयासले यस बहादुरगंज क्षेत्रमा प्राविधिक कक्षा संचालन गर्न सफल भएकाे बताउनुभयाे ।
प्रविधिक शिक्षाले राेजगारीकाे अवसर सृजना गरि विदेश पलायन जस्ता समास्या न्यून गरि दक्षजनशक्ति उत्पादन हुनुका साथै नगरविकासमा समेत टेवा पुग्ने कृष्णनगर नगरपालिकाका शिक्षा अधिकृत रामकरन पालले बताउनुभयाे ।
त्यस्तै नगरभित्रका सामुदायिक विद्यालयहरुकाे स्तराेन्नतिमा नगरपालिका सदैव सहयाेग गर्ने प्रतिबद्धता नगरप्रमुख रजत प्रताप शाहले गर्नुभयाे । कृष्णनगर नगरपालिका भित्र कुल चार वटा माध्यमिक विद्यालय रहेका छन ,जसमा राम गाेरखा मावि पुरानाे विद्यालय रहेकाे छ साथै सबैलाई पायक पर्ने ठाउंमा रहेकाेले प्राविधिक शिक्षा लिनेलाई समस्या पनि नहुने नगरप्रमुख शाहले स्पष्ट पार्दै विद्यालय परिवारलाई शुभकामना व्यक्त गर्नुभयाे ।

धेरै कमेन्ट गरिएका