कपिलबस्तुका जिशिअ पराजुली अख्तियारका फन्दामा

सेयर गर्नुहोस

कपिलबस्तु , आसार ३२ । शिक्षा विकास समन्यव इकाई कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुली २ लाख ८० हजार घुस सहित अख्तियारको फन्दामा परेका छन ।
शिक्षकको सरुवा मिलाउने गरी घुस लिएका पराजुली अख्तियारको टोलीवाट पक्राउ परेका हुन् ।

पराजुलीले शिक्षक संग सरुवाका लागि घुस मागे पछि अख्तियारमा जानकारी गराइएको थियो । त्यही अनुसार टोली तौलिहवा आएको थियो । पराजुलीले घुस लिएसँगै छापा हानेर उक्त रकम सहित पक्राउ गरिएको हो ।

यस घटनाको पुष्टि गर्दै अख्तियारका एसपी दिनेश आचार्यले पराजुली पक्राउ परेको र उनलाई कानुनत कारवाही हुने जानकारी दिए । कुन शिक्षकवाट रकम लिदै गर्दा पक्राउ गरिएको हो प्रष्ट जानकारी दिइएको छैन । तर अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका एसपी आचार्यको भनाइले पुष्टि गरेकोछ ।

Facebook Comments Box