१३ बैशाख २०८१, बिहीबार

मदरसालाई प्राविधिक शिक्षासंग जाेड्ना कम्प्युटर सेट वितरण ।।

कृष्णनगर , अासार २४ ।कृष्णनगर नगरपालिकाले प्राविधिक शिक्षामा मुस्लिम महिलाकाे पहुँच बढाउन विभिन्न कार्यक्रम हरु गर्दै अाएकाे छ ।
नगरपालिका वडा २ काे अार्थिक सहयाेग तथा त्रिशक्ति सामाजिक बिकास संस्था काे अायाेजनामा अाज लक्षित वर्गकाे याेजना अन्तर्गत मदरसाका बिद्यार्थीहरुलाई प्रविधिक शिक्षा प्रदान गर्न कम्प्युटर सेट वितरण गरेकाे छ ।
नगरपालिकाकाे मदरसा अल खतिजुल , मदरसा नाईमिया एवं सेराजुल उलुमका साथै इलाका प्रहरी कार्यालय कृष्णनगरलाई एक एक सेट कम्प्युटर वितरण गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष संजय कुमार गुप्ताले मुस्लिम समुदायका सा-साना नानीहरुलाई प्रविधिक शिक्षा दिन कम्प्युटर स्थानान्तरण गरेकाे बताउनु भयाे
त्यसैगरि मदरसा बाेर्डका केन्द्रीय उपाध्यक्ष माैलाना महसुद नेपाली ले मुस्लिम समुदायलाई अाधुनिकिकरण गर्न सहयाेग गरेकाे कृष्णनगर नगरपालिकालाई धन्यबाद दिनभयाे । साथै उद्योग वाणिज्य संघ कृष्णनगरका उपाध्यक्ष दिनेश चन्द्र गुप्ताले मुस्लिम समाजलाई प्रविधिक शिक्षासंग जाेड्न पहल गरेकाेले नगरपालिकालाई धन्यबाद गर्दै अगामी अार्थिक बर्षमा पनि यस्ता याेजनाहरु ल्याउन सके झन राम्राे हुने सुझाव व्यक्त गरेका थिए । कार्यक्रममा वडा सदस्य सुरज गुप्ता , सुनिल माेदनवाल, विभिन्न मदरसाका प्रबन्धक र प्रधानाध्यापक तथा समाजसेवी र बुद्धिजीवीकाे उपस्थिति रहेकाे थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट