२ भाद्र २०७९, बिहीबार

कपिलवस्तुमा ४३ जना सवार बस पल्टियो

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको चन्द्रौटा नजिकै वनकट्टीमा आज विहानै बस दुर्घटनामा परेको छ । काठमाण्डौबाट सुर्खेतका लागि छुटेको बस दुर्घटनाहुँदा ८ जना सामान्य घाइते भएका छन् ।
विहान करिव ६ बजेको समयमा ना ८ ख १३६ नम्बरको बस सडक छेउमा पल्टीएको हो । ४३ जना सवार उक्त बस तीब्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रोटाले जनाएको छ । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार गरेर घर पठाइएको प्रहरीले जनाएको छ ।

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट