६ जेष्ठ २०८१, आईतवार

कृष्णनगर वडा ८ र ९ विद्यार्थी पुर्ण भर्ना घाेषणा


कृष्णनगर ,असार ५ । कृष्णनगर नगरपालिका वडा नम्बर ८ र ९ मा ४ बर्ष देखि १२ बर्षसम्मका विद्यार्थीकाे पुर्ण भर्ना कार्यक्रम अाज कालिका स्वावलम्बन समाजिक केन्द्र र सेभ द चिल्ड्रेन काे सहयाेगमा सम्पन्न भएकाे छ ।
वडा ९ का अध्यक्ष राममिलन चाैधरीकाे संयाेज्कत्व , प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनाेडियाकाे प्रमुख अतिथ्यता र पुर्व राज्यमन्त्री इश्वरदयाल मिश्र एवं जिल्ला शिक्षा समन्वय समिति सदस्य सुरेन्द्र पराजुलीकााे विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रमका संचालन शिक्षक जंगबहादुर शाहीले गरेका थिए ।
दुवै वडा ८ र ९काे संयुक्त रुपमा पुर्ण भर्ना कार्यक्रममा सामुदायिक विद्यालय लगायत अाधा दर्जन संस्थागत स्कुल तथा मदरसाहरुकाे पनि सहभाागिता जनाईएकाे थियाे ।

धेरै कमेन्ट गरिएका