१२ बैशाख २०८१, बुधबार

विजयनगरको ११ औँ गाउँसभा: ६४ करोड ५६ लाख ७५ हजारको बजेट प्रस्तुत

 विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी आव ०७९/०८० का लागि कुल ६४ करोड ५६ लाख ७५ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार गाउँपालिकाको सभाहलमा भएको ११ औं गाउँसभामा विजयनगर पालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

उपाध्यक्ष थारुद्धारा प्रस्तुत बजेटमा पूर्वाधार विकास तर्फ रु.२३ करोड ५४ लाख ४५ हजार , आर्थिक विकास तर्फ रु.४ करोड २१ लाख ८० हजार, सामाजिक विकास तर्फ रु.२२ करोड १३ लाख ४० हजार,सेवा प्रवाह तथा सुशासन तर्फ रु.२ करोड ९८ लाख ६५ हजार र कार्यालय संचालकन तथा प्रशासनिक तर्फ रु.११ करोड ६८ लाख ४५ हजार बराबर रहेको छ ।

पालिकाको निति तथा कार्यक्रममा कोभिड -१९ जस्तै अनेपेक्षित रुपमा आइलाग्ने महामारीको नियन्त्रण,छोरी बोझ होइन परिवारको सौभाग्यको रूपमा लिने अवस्थ सिर्जना गर्न छोरी बचाउ, छोरी बढाउ अभियानलाई निरन्तरता, कुनै पनि बालबालिका अभिभावक विहिन आर्थिक विपन्नताका कारण उचित संरक्षण र शिक्षा बाट हुनु पर्दैन बालबालिकाको संरक्षक हुने गरि विशेष कार्यक्रम संचालन गरिने,पालिका बाट प्रवाह हुने सेवालाई सरल,सहज एवं सबैको पहुँच योग्य बनाइ शिघ्र चुस्तदुरुस्त एवं पारदर्शी रुपमा गर्न,आर्थिक रुपले अति विपन्न श्रमिक तथा मजदुरलाई रोजगार उपलब्ध गराउन श्रममुलक प्रविधिको प्रयोगबाट कार्यान्वयन हुने खालका आयोजनाहरु संचालनलाई विशेष प्राथमिकतामा राखिने,वैदेशिक रोजगारी गुमाइ वा स्वदेश फर्की आएका युवा युवतीलाई रोजगारीको क्रममा हासिल गरेका शिप र ज्ञानको प्रयोग हुनेखालका उद्यम गर्ने गरि मागमा आधारित अनुदान कार्यक्रम संचालन गरिने,स्वच्छ गाउँपालिका स्वस्थ गाउँपालिका निर्माण गर्नका लागि स्वास्थ्य र सरसफाइलाई विशेष जोड दिइने एक घर एक पक्की शौचालयको अभियानलाई निरन्तरता दिने, गाउँपालिकाबासी आम जनताहरुलाई सुरक्षित खानेपानीमा पहुच अभिबृद्दि गर्न एक घर एक वायोस्याण्ड फिल्टर अभियानलाई निरन्तरता दिइ कार्यान्वयन गरिने, आयातीत इन्धन खपत कम गर्न तथा दाउराको प्रयोगलाई निरुत्साहित गरि स्वच्छ वातावरण प्रबर्द्धन गर्न धुवाँ रहित पालिका अभियान सञ्चालन गरि बैकल्पिक उर्जा प्रबर्द्धनमा जोड दिइने प्राथमिकताम रहेकोे छ ।

तेस्तै क्षेत्रगत रुपमा कृषिमा मकै मिसन कार्यक्रम, एक टोल एक स्यालो ट्युबवेल,उन्नत विउ अर्गानिक मल र आधुनिक मलको प्रयोग गरी उत्पादन बढऔं उर्वर माटोलाई भावी सन्ततिको लागि बचाऔं, शिक्षा तर्फ शिक्षामा लगानी हुँदैन हानी,झुकाउ, सिकाउ र टिकाउको निति अवलम्बन गरिने, व्यवसायिक सिपमुलक र गुणस्तरीय शिक्षाका लागि विशेष जोड,व्याचलर अफ मिडिसिन र व्याचलर अफ सर्जरी चार्टर एकाउन्टेन्ट तथा छात्राहरुलाई मध्यनजर गरि इन्जिनियरिङ विषय लिइ अध्ययन गरि रहेका लाइ छात्रवृत्ति उपलब्ध गराइने स्वास्थ्य तर्फ उपाध्यक्ष सुत्केरी कोशेली कार्यक्रम संचालन,परिवार कल्याण कार्यक्रम मुख्य निति तथा कार्यक्रममा रहेको छ ।

शुक्रबार नै पालिका प्रमुख गोपाल बहादुर थापाद्धारा प्रस्तुत आव ०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । प्रस्तुत गरिएको निति तथा कार्यक्रम पारित भएको अगामी बैठकमा विधेयक पेश गरिने प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट