१३ बैशाख २०८१, बिहीबार

पूर्वका नेपाल–भारत सीमा ७२ घण्टाका लागि सिल



काठमाण्डाै –
पूर्वका नेपाल–भारत सीमा आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएका छन् ।  पर्सि  हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)को  चुनावलाई लक्षित गरी आज बिहानैदेखि सीमामा सिल गरिएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो ।

उहाँले भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको बताउनुभयो ।  आज बिहान ६ बजेदेखि सिल गरिएको नाका सोमबार बिहान ६ बजे खोलिनेछ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट