१४ बैशाख २०८१, शुक्रबार

कृष्णनगर क्षेत्रमा चााेरहरु अांतक शुरु

कृष्णनगर , जेठ २६ । कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका क्षेत्रमा माेटरसाइकल चाेरी बढ्न थालेकाे छ ।
नगरपालिकाकाे बहादुरगंजमा एकै रातमा दुईवटा माेटरसाइकल चाेरी भएकाे छ । कृष्णनगर वडा ८ का किशन शर्मा काे अनटेस्ट बाईक घरअगाडिबाटै चाेरी भएकाे छ भने अर्का बहादुरगंज ईलाका प्रहरी कार्यालय नजिकैका श्रवण गुप्ताकाे टिविएस बाईक चाेरिएकाे थियाे । श्रवण गुप्ताकाे माेटरसाइकल बहादुरगंजबाटै बेवारिसे अवस्थामा फेला पर्याे तर किशन शर्माकाे अहिलेसम्म अज्ञात रहेकाे परिवार स्राेतले जनाएकाे छ । केही दिन पहिला राघवेन्द्र कमप्लेक्स कृृष्णनगरकाे दुईटा सटरबाट लाखाैंकाे चाेरी भएकाे थियाे । यी घटनाहरुबारे इलाका प्रहरी कार्यालयहरु कृष्णनगर र बहादुरगंजका ईन्चार्ज भन्छन ‘ राति १२ बजे सम्म गस्ती गर्छाैं चाेरी भएकाे खण्डमा हामी खाेज अनुसन्धान पनि गरिरहेका छाैं ।’
भारतीय बार्डरसंग सटेकाे बजार कृष्णनगर लगायत वरपरका गाउंहरुमा पनि चाेरीका घटना बढेकाे सुचनाहरु अाईरहेकाे छ तर प्रशासनकाे शिथिल्ताले अपराधजन्य घटनाहरु बढनु सुरक्षा व्यावस्थामाथि प्रश्न चिन्ह खडा गरेकाे छ । एकातिर तस्कारी न्युनपार्ने तिर कपिलबस्तुका सुरक्षातन्त्र लागिपरेका छन त अर्कााेतिर चाेरीका घटनाहरु बढदै गएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट