६ बैशाख २०८१, बिहीबार

विहेवारी विस बर्ष पारी गर्न नगर प्रमुख कलामको अनुरोध ।।

सनिउल्ला धोबी, कपिलवस्तु जेठ १७,
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले विहेवारी विस बर्ष पारी गर्न नगरबासीलाई अनुरोध गर्नु भएको छ । नगर प्रमुख कलामले वालविवाह रोक्नाका लगि सबैललाई आप्नो आप्नो ठाउबाट पहल गर्नु पर्ने बताउनु भयो । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा बालविवाह अन्त्यका लागि रणनैतिक योजना तर्जुमा गोष्ठीको समापन समरोहमा बोल्नै बाल विवाह गैर कानुनी भएको बताउनु भएको हो । गोष्ठीमा बोल्द ैसानो उमेरमा विहे गरे जिवनको सत्यानास हो भन्दै विस बर्ष पछि मात्र आफ्नो छोराछोरीहरुको विवाह गर्न उहाले सबैलाई अग्राह गर्नु भयो ।
त्यस्तै गोष्ठी कार्यक्रममा बौल्दै महाराजगञ्ज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालले हामी आप्नो छोरा छोरीको भविष्य राम्रो बनाउनाका लागि पहिले शिक्षा दिने त्यसपछी उमेर पुग्यो भने उनिहरुको सल्लाह अनुसार विवाह गर्दा समाज समुन्त बन्ने बताउनु भयो ।
कार्यक्रममा यु.एन.एफ.पि. ए का चित्र महतोले बाल विवाह गर्दा समाजमा हुने नकारात्कम असर, बाल विवाह गैर कानुनी भएको र बालविवाह सम्बन्धी नेपालको अवास्थामा बारेमा विशेष प्रशिक्षण दिनु भएको थियो । उहाले महाराजगञ्ज नगरपालिकाका निर्वाचित प्रतिनिधि, नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु, समाजसेवीलाई समाजमा विवाह गर्दा पहिले उमेर विस बर्ष पुगेको छकी नाई भन्ने कुरा पतालाई समस्या समाधान गर्न अग्राह गर्नु भयो ।
जिल्ला परिवार नियोजन सघंको सुष्मा रेग्मीले महाराजगञ्ज नगरपालिकालाई बाल विवाह मुक्त नगरपालिका घोषण गर्न नगरपालिका नै लाग्नु पर्ने बताउनु भयो ।
यु.एन.एफ.पि. ए र जिल्ला परिवार नियोजन सघंको सहयोग र महाराजगञ्ज नगरपालिकाको अयोजनामा भएको बाल विवाह अन्त्यका लागि रणनैतिक योजना तर्जुमा गोष्ठी बोल्ने वाक्ताहरुले आफ्नो छोराछोरीको विवाह सानो उमेरमा नगर्ने प्रतिबद्धता जनाएका थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट