१३ बैशाख २०८१, बिहीबार

बिकास निर्माणमा कृष्णनगर उत्कृष्ट ।।

स्थानिय पत्रकारहरुकाे टाेलीले कृष्णनगर नगरपालिकाकाे याेजना अनुगमन मा नगर स्तरिय तथा वडा स्तरिय याेजनाहरु उत्कृष्ट पाईएकाे छ ।      कृष्णनगर नगरपालिका ८ त्रिलोकपुरका ८० बर्षिक रामबृक्ष यादव भन्छन बाबु हमरे गाँउ महिया यतना विकास होई कहीकय हम तो सोचे नाई रहने । बहुत विकास भवा हय । नेपाली बोल्न नजान्ने रामबृक्ष यादवले अवधी भाषामै विकासको प्रत्यक्ष अनुभुती गर्न पाएकोमा खुसी व्यक्त गरेका छन । उनको गाँउ त्रिलोकपुरमा कृष्णनगर नगरपालिकाका स्वीकृत योजना अनुसार रु २५ लाख पारेको थियो । त्रिलोकपुरमा भौतिक पुर्वाधार पुगेपछी गाउले खुसी भएका छन । त्यस्तै चैपुरवाका वासीउल्ला मुसलमान भन्छन हाम्रो गाउमा पिच बाटो पुग्यो नगरपालिकाको कामबाट हामी सन्तुष्ट छौ । उनी भन्छन पहिले हामी हिलो धुलो पानीको समाना गर्न पथ्र्याै अहीले सुविधा पाएका छौ ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले अहिले नगरपालिका क्षेत्र भित्र निर्माणधिन अवास्थामा रहेको योजनाको अनुगमन गर्दा मा विकास निर्माले गती लिएको पाइएको छ ।
कपिलवस्तुको निकै पछी परेको नगरपालिकाको नामले परिचित नाम हो कृष्णनगर नगरपालिका तर पछिल्लो समय विकासको लहर नै चलेको छ । कृष्णनगर नगरपालिका वडा ३ को चयपुरा हुदै वसन्तपुर रोड एक हजार ७० मिटरको कालोपत्रे निमार्ण सम्पन्न भइसकेको पाइएको छ । कालोपत्रेको लागि नगरपालिकाले ७० लाख विनियोजन गरेको नगरप्रमुख शाहले वताउनु भयो । त्यस्तै कृष्णनगर नगरपालिका ११ पटना गाउँभित्र १५० मिटर पिपिसी सडक निर्माणाधिन अवस्थामा रहेको छ । निमार्ण कार्यलाई सम्पन्न गर्न वडा अध्यक्ष र उपभोक्ता समितिलाई नगर प्रमुख शाहले आग्रह गर्नु भयो । त्यस्तै वसन्तपुरमा रहेको १४५ मिटर पिपिसी सडक, शिवानगरमा रहेको २ सय मिटर पिपिसी कार्य सम्पन्न भएको छ । त्यस्तै नारायया डिहवा, पल्टामाई मन्दिर नजिक सडक कालोपत्रे सम्पन्न भएको पाइएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट