११ असार २०७९, शनिबार

कपिलवस्तुमा विज्ञान शिक्षक पेसागत विकास तालिम समपन्न

 

अँकुश श्री
कपिलवस्तु , असार ४ ।आधारभुत तह र माध्यमिक तहकाे विज्ञान विषयका शिक्षकहरुकाे लागि १० दिने पेशागत बिकास तालिम समपन्न भएकाे छ ।

शिक्षा तालिम केन्द्र लुम्बिनी प्रदेशकाे आयाेजनामा जेठकाे २६ गतेदेखि संचालन गरिएकाे शिक्षक पेसागत विकास(टिपिडी) १० दिने तालिम नेल्टा भवन जीतपुरमा समपन्न गरिएकाे छ ।
शिक्षा तालिम केन्द्रका शाखा अधिकृत एवं सहजकर्ता मनाेज श्रीमलकाे अध्यक्षतामा शुरु गरिएकाे माध्यमिक तह र आधारभुत तहकाे विज्ञान विषयकाे तालिमकाे व्यवस्थापन जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई कपिलवस्तुले गरेकाे थियाे ।
सामुदायिक विद्यालयका छात्र छात्रामा विज्ञान विषय अध्ययन रुचि घट्ने गरेकाे र शिक्षकमा विद्यार्थीलाई विज्ञान पढ्न भाेक जगाउने तथा सिकाइ उपलब्धि बढाउने उद्देश्यले राखिएकाे तालिमबाट विज्ञान तथा प्रविधिप्रतिकाे सकारात्मक सन्देस जाने वाक्ताहरुकाे भनाई थियाे ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि थानेश्वर घिमिरेले
विज्ञान विषय शिक्षण प्रयाेगात्मक तरिकाले सिकाई गराउंदा झन प्रभावकारी हुने बताउनुभयाे । आफ्नै जिल्लामा तालिम प्राप्त गर्न पाउनुभएकाेले आयाेजक शिक्षा तालिम केन्द्रलाई धन्यवाद दिदै तालिममार्फत शिक्षक वर्गले सिकेका कुरा कक्षाकाेठा उतार्दै शिक्षण सिकाई प्रभावकारी बनाउदै लैजाउनु हुन्छ भनी आशावादी रहेकाे ईकाई प्रमुख घिमिरेकाे भनाई थिया्े ।

तालिम जेठकाे २६ गते शुरु भई असार ४ गते सिद्धिएकाे र ५ दिने विद्यालय केन्द्रीत परियाेजना गरि प्रथम चरणमा कुल १५ दिने शिक्षक पेशागत तालिम (टिपिडी) समपन्न गरिएकाे प्रशिक्षक डिल्लीकान्त आचार्यले बताउनुभयाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट