सुरही नाकामा प्राकृतिक स्रोतमाथी दोहन ।

सेयर गर्नुहोस

कपिलवस्तु । कपिलवस्तुको सुरही नाकाबाट मापदण्ड विपरित नदि जन्य पदार्थको निकासी भइरहेको जनगुनासो बढे पछि स्थानिय पत्रकारहरुको टोलीले सुरही खोलको स्थलगत अनुगमन र रिपोर्टि गर्यो । अनुगमन पश्चात पत्रकार टोलीले ठेकेदार पक्षका शिवराज नगरपालिका १ का सरोज जि.सी. संग नदी जन्य पदार्थ निकासीका लागि बुझ्न खोज्दा रेडियो शिवराजका स्टेशन म्यानेजर सनिउल्ला धोवीलाई अपशव्द प्रयोग गर्दै धम्की दिएका थिए ।
ठेकेदार पक्षका सरोज जि.सी.ले पत्रकार धोवीलाई शिवराजबाट पत्ता साफ गरिदिन्छु ,ता राचीको पत्रकार होस की , काठमाण्डौंको पत्रकार, तलाई कति कमिसन चाहिएको हो भन, भन्दै धम्की दिएका हुन । प्रेस स्वतन्त्रता माथीको यस्तो ठाडो हस्तक्षेपको निन्दा गर्दै रेडियो शिवराज एफ.एम. ले सामान्य जानकारी लिन खोज्दा धम्की दिने जि.सी. माथी जिउधनको सुरक्षाको माग गर्दै वडा प्रहरी कार्यालय चन्ऽौटामा लिखित निवेदन दिएपछी प्रहरीले दुवै पक्षसग वुझ्दा ठेगदार जिसीले गल्ति स्वीकार गरेका छन । आफुले गल्ती गरेको भन्दै एक पटकलाई ठेगदार जिसीले माफी मागेका हुन।
कपिलवस्तुको शिवराज नगरपालिका अन्तरगत पर्ने सुरही खोलाबाट ठेकेदार पक्षले मनपरी नदी जन्य पर्दाथ निकासी गरेको छ । जिल्ला समन्वय समितिको कार्यालय कपिलवस्तुले दिपिका सप्लायर्सलाई दिएको सुरही खोलामा मापदण्ड विपरित नदी जन्य पदार्थ निकासी भैरहेको छ ।

Facebook Comments Box