१३ बैशाख २०८१, बिहीबार

२४ घण्टामा १६ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय ६८ जनाको नमुना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप १४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा ९५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख तीन हजार एक सय ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट