१४ फाल्गुन २०८०, सोमबार

महिला स्वास्थ्य स्वंय सेविकालाई साइकल

कपि

कपिलवस्तु /  कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका क्षेत्रमा रहेका महिला स्वास्थ्य स्वंय
सेविकालाई साइकल वितरण गरेको छ । स्वास्थ्य सेवा सहज रुपले प्रवाह होस
भन्ने उदेश्यले साइकल वितरण गरिएको नगर प्रमुख अब्दुल कलामले जानकारी
दिनुभयो । नगरपालिका क्षेत्र भित्र रहेका १ सय ३७ जना महिला स्वास्थ्य स्वंय
सेविकाहरुलाई साइकल वितरण गरीएको उहाले बताउनु भयो । साइकलल वितरण
कार्यक्रममा पुर्व संसाद तथा पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आचाया,
कपिलवस्तको प्रदेश सभा सदस्य रिना वि।क, माला गोतमे, महाराजगंज
नगरपालिकाको उप प्रमुख शुभावती कुर्मी, जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका
जिल्ल स्वास्थ्य प्रमुख योगेन्द्र प्रसाद भागत, महाराजगञ्ज नगरपालिकाका प्रमुख
प्रशासकीय अधिकृत डोलराज ढकालले साइकल वितरण गर्नु भएको थियो । साइकल
पाएपछी महिला स्वास्थ्य स्वय सेविकाहरुले खुसी व्यक्त गरेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट