१३ बैशाख २०८१, बिहीबार

कन्चनिया सिचाई याेजनाले दर्जनौं गाउँका किसानले सिचाई सुविधा पाउने : सांसद शाह

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका- ६ भलवारीस्थित साढे ५ करोड बढी लागतको कन्चनीया सिंचाई योजनाको निर्माण सम्पन्न भएको छ।
कन्चनीया नदीबाट पानी लिफ्ट गरी ढाई सय हेक्टर क्षेत्रफलमा सिचाई गर्ने गरी १ दशमलव ६० किमि लोमो नहर बनाई योजनाको निर्माण गरिएको हो। क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाह, महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम र उप मेयर रिता कुमारी कुर्मीले रिबन काटेर सयुंक्तरुपमा योजनाको उदघाटन गरे।

सो अवसरमा सांसद शाहले जिल्ला कै गौरवको आयोजनाका रुपमा रहेको कन्चनीया सिचाई योजनाले महराजगंज र कृष्णनगर नगरपालिकाका दर्जनौ गाउंका कृषकहरु लाभान्वित हुने बताउनुभयाे। उनले सिंचाईको सुबिधा भए पछि कृषकहरुलाई धान, गहुँ, तेलहन, तरकारी लगायतका खेती गर्न सजिलो हुने सांसद शाहले बताए। सांसद शाहले कृषकहरुलाई देउवा नेतृत्वकाे सरकारले मल, बिउबिजन लागतयका सुबिधा तत्कालै उपलबध गराउनु पर्ने बताए।
महाराजगन्ज नगरपालिकाका नगरप्रमख अब्दुल कलामले सिंचाईको अभावले गर्दा कृषकहरुलाई खेतीपाती निकै अप्ठेरो परेको बेला कन्चनीया सिंचाई योजनाले धेरै नै राहत पाएकाे बताए। नगरकै सबै भन्दा ठूलो सिंचाई योजनाले यस भेगका हजारौ कृषकहरु लावांवित हुने उनले बताए। कन्चनिया सिंचाई योजनाले क्षेत्रकै कृषि उपजको उत्पादनमा बृद्धि हुने नगरप्रमख कलामले बताए।

कार्यक्रमका वडाध्यक्ष राम सिंहले वर्षौदेखिको यस क्षेत्रका जनताहरुको सपना अहिले पूरा भएको बताए। उनले यो सिचाई योजनाले कृषकहरुलाई धरै राहत मिलेको बताए। सिंचाई तथा जलश्रोत बिकास डिभिजन कार्यालयका प्रमुख पुरुषोत्तम उपाध्ययाले निर्माण भएको योजनाले यस भेगका कृषकालाई धेरै फाइदा पुग्ने बताए। उनले यो आयोजनाको संरक्षण गर्न स्थानीयबासी र पालिकालाई उनले आग्रह गरे।

अर्घाखाँची इन्जीनिययर्स एन्ड बिल्डल्डर्स कम्पनी प्रालि अर्घाखाँचीले आरसिसि बेयर प्रबिधिबाट डाईभर्जन निर्माण गरेको हो। समायोजन रकम बाहेक ५ करोड ८२ लाख ७९ हजारमा योजनाको निर्माण गरिएको हो। बेयर विथ अन्डर स्लुईस,गाईड बन्ड, गेबियन प्रोटेक्सन, पक्की नहर अन्तरर्गत गत मुल र शाखा नहर, आरसिसि कल्भर्ड ३ र डिब्ट्रीब्युसन गेट ३ वटा निर्माण गरिएका छन्।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट