१३ बैशाख २०८१, बिहीबार

कपिलवस्तुमा विश्व क्षयरोग दिवस मनाइयो ।

 

सनिउल्ला धोबी, कपिलवस्तु चैत्र १०

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक विशेष समारोहको आयोजना गरी
भव्य रुपमा विश्व क्षयरोग दिवस मनाइएको छ । महाराजगञ्ज नगरपालिकाका नगर
प्रमुख अब्दुल कलामको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व संसाद तथा पुर्व
सिचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्याको प्रमुख अतिथ्यिता रहेको थियो ।
विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य रिना वि.क, माला गोतमे, महाराजगंज
नगरपालिकाको उप प्रमुख शुभावती कुर्मी, जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका
जिल्ल स्वास्थ्य प्रमुख योगेन्द्र प्रसाद भागत, महाराजगञ्ज नगरपालिकाका प्रमुख
प्रशासकीय अधिकृत डोलराज ढकाल रहनु भएको थियो । कार्यक्रमको अन्य
अतिथिहरुमा स्वास्थ्य शाखा प्रमुख विद्याधर पाण्डे, वडा नं ५ का वडा अध्यक्ष छेदी
प्रसाद कुर्मी, ११ नं वडाका वडा अध्यक्ष जगदिश प्रसाद तिवारी, बलरमवापुर
स्वास्थ्य चौकीका प्रमुख सुमेन्द्रराज जोसी घिमिरे, हरदौना स्वास्थ्य चौकी
प्रमुख सुरेश कुमार मण्डल, कजरहवा स्वास्थ्य चौकी प्रमुख देवेन्द्र यादव,
बरईपुर स्वास्थ्य चौकीका प्रमुख पिताम्बर प्रसाद यादव, शिसवा स्वास्थ्य चौकी
प्रमुख उपेन्द्र शाह, उदयपुर स्वास्थ्य चौकी प्रमुख अजिजुर राइन, भलवारी
स्वास्थ्या चौकी प्रमुख रतन प्रसाद शाह, शिसवा सामुदायिक विकास संस्थाका अध्यक्ष
अफताव आलम, समाजसेवी राम अचल चौधरी, महिला अधिकारकर्मी फुलकली गुप्ता
लगायत रहनु भएको थियो ।

नेपालमा वार्षिक करीब ४५ हजार क्षयरोगका बिरामीहरु थपिने गरेको राष्ट्रिय
क्षयरोग केन्ऽले जनाएको छ । अहिले करीब ३२ हजारको राष्ट्रिय क्षयरोग
केन्ऽमा नाम दर्ता भएको छ । लगभग १३ हजार बिरामी उपचारको मूलप्रवाहमा
आएका छैनन् । क्षयरोगीहरुको उमेर समुह धेरैजसो उत्पादक उमेर समुह अर्थात
१५ देखि ४९ बर्ष हुने गरेको छ ।

सन् २०१६ सम्म ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७५
वटै जिल्लामा लैजाने सरकारको लक्ष्य छ । सरकारले क्षयरोग को उपचार निशुल्क
गरेको छ भने सन् २०३५ सम्म क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्यूमा
९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । नेपालमा हुने क्षयरोग मध्ये ७५
प्रतिशत बढि फोक्सोकै क्षयरोग हुने गरेको छ

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट