सनिउल्ला धोबी, कपिलवस्तु, चैत्र ९ ,
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ६ भलवारीका राम भरोसे यादव अहिले ८०
बर्षका हुनुहुन्छ । उनले हुलाकी राजमार्ग बन्ने हल्ला सुन्दा सुन्दा अजित भएका
भएका छन । राम भरोसे भन्छन पहिले पहिले रेडियो सुन्दा, पत्रपात्रिका पढ्दा
हुलाकी राजमार्ग बन्ने खबर आउथ्यो खुसी लाग्थयो तर अहिले लाग्छ हुलाकी
राजमार्ग बन्ने कुरा एक देशको कथा भएको छ । राम भरोस फेरी थप्छन बुवा
हुनुन्थ्यो अब सडक बन्छ विकास हुन्छ तर राजमार्ग कहिले बनेन । छोराहरु भए
नाती, नतिन छन ठुलो नातीको पनि विहे भयो तर सडक बनेन जस्ताको त्यस्तै छ
।
त्यस्तै महाराजगञ्ज न.पा ४ राजपुरका अतिउल्लाह धोबी भन्नुहुन्छ बजेट भषण
हुदा हुलाकी राजमर्गको लागि करौडौ रकम छुट्याइन्छ तर हामी कपिलवस्तुको
हुलाकी राजमर्ग कहिले पनि बन्दैन । उनी भन्छन सडक बने हामीलाई आवत जावत
गर्न सजिलो हुन्थ्यो ।
कृष्णनगर नगरपालिका ८ बहादुरगञ्ज रामेश ठाकुरको पनि आस हुलाकी राजमार्ग
बन्ने नै रहेको छ । रामेश भन्छन नेताहरुले पनि हामीलाई झुठो अस्वासन मात्र
दिने गरेका छन । निर्वाचनको समयमा राजमार्ग बनाउने मुख्य एजेण्ड राखेर प्रचार
प्रसार गर्छन तर निर्वाचन सकिएपछी हराउछन । नेताहरुले राजनितिक थलोको रुपमा
राजमार्गलाई प्रयोग गरेको रामेशले बताउनु भयो । हामीलाई जहिले पनि
आसवासन मात्र दिने गरेको अक्रोष व्यक्त गर्नु भयो । राम भरोसे रामेश र
अतिउल्लाह जस्तै हुलाकी आसपास क्षेत्रमा रहेका सायौ गाउका लाखौ नागरिकहरु
हुलाकी राजमार्ग बन्ने आशामा रहेका छन ।
अतिक्रमणको चपेटामा हुलाकी ।
हुलाकी राजमार्गको लम्बाइ १७ सय ९२ किलोमिटर रहेको छ । कपिलवस्तुमा करिब
५० किलोमिटर रहेको छ । लुम्बिनी देखी तौलिहवा सम्म हुलाकी राजमार्ग बन्दै
छ । तर तौलिहवा देखी पश्चिममा हुलाकी राजमार्गको अवास्था एकदमै जर्जर
रहेको छ । पटक पटक सरकारले सडक बनाउने योजना अघी बढाएता पनि सडक अहिले
सम्म पनि बन्न सकेको छैन । तौहिलवा देखी गुगौली सम्म हुलाकी राजमार्ग
अतिक्रमणको चपेटामा परेको छ । सडक गाउको विच बाट गएकोले अतिक्रमण
बढेको छ । सडक कहि सघुरो त कहि फराकिलो रहेको छ ।
हुलाकीको अवास्था
राणाकालीन समयदेखि नै चिठ्ठीपत्र आदान(प्रदान गर्न मधेशको वस्ती हुँदै
पूर्व(मेचीदेखि पश्चिम महाकालीसम्म हुलाकीहरु हिँड्थे । त्यसैले यसलाई हुलाकी
राजमार्ग नामाकरण गरिएको हो ।
हुलाकी राजमार्गअन्तर्गत पूर्वदेखि पश्चिमसम्मको सडक ९७५ किलोमिटर छ । यस्तै
राजमार्गबाट मधेसको सदरमुकामसम्म जोड्ने करिव ३२ वटा सडकहरु ८ सय १७
किलोमिटर बराबरका छन् । यसरी सबै सडकको कुल लम्बाई जम्मा १ हजार ७ सय ९२
किलोमिटर रहेको छ ।
०६९ जेठ २४ गतेको मन्त्रीस्तरीय निर्णयबाट तोकिएको हुलाकी राजमार्गको
रेखाङकन अनुसार कुल लम्बाई १७९२.४२ किलोमिटर रहेकोमा हालसम्म ६७.८४
किलोमिटर सडकमात्रै कालोपत्रे भएको छ । बाँकी सडकखण्ड ग्राभेल र माटोको छ
। हाल २ वटा सडकहरु (लम्की, टिकापुर र धनगढी सती) ६७.८४ किमी सडक
कालोपत्रेमा स्तरोन्नति भइसकेको र प्रथम चरणका बाँकी अन्य सडकहरुको ठेक्का
अन्त्य भइसकेकोले पुनः टेण्डर प्रक्रियामा रहेको विकास समितिको प्रतिवेदनमा
उल्लेख छ ।
समझदारीअनुसार भारत सरकारले निर्माण गर्ने सबै सडकहरुमा पर्ने पुलहरुको
निर्माण नेपाल सरकारले आफ्नो श्रोतबाट गर्नुपर्ने छ । पहिलो चरणका
सडकहरुमा आवश्यक पुलहरु र केही दोश्रो चरणमा परेका केही ठूला पुलहरुको
निर्माण थालनी गरिसकिएको छ । यस आयोजना अन्तर्गतका सडकहरुमा साना ठूला
गरी करीब १५० भन्दा बढी पुलहरुको आबश्यकता देखिएको छ ।
3