१२ बैशाख २०८१, बुधबार

दक्ष कर्मचारी नभएकाले बिरामीलाई दाेहराे खर्च ।।।

अंकुश श्रीवास्तव /कृष्णनगर , चैत्र ८ । कपिलबस्तुकाे शिवराज अस्पतालमा कर्मचारीकाे लापरवाहीले बिरामीलाई समस्या भाेगनुपरेकाे छ ।
जिल्लाकाे बहादुरगंजमा रहेकाे शिवराज अस्पताल बाहिरबाट हेर्नमा जति चिटिक्क र सुन्दर भएपनि कार्यरत कर्मचारीहरुमा दक्षता नभएकाले बिरामीहरु मर्काका परेका छन । एउटा घटना हाे यही चैत्र ५ गते दिन साेमबार राति ८ बजे दुईवटा माेटरसाइकल अापसमा टक्कर हुंदा कृष्णनगर नगरपालिका ५ की महिला ३५ बर्षिय शलाेनी श्रीवास्तवालाई समान्य चाेट लाग्याे । घटनापछि परिवार सदस्यहरुले ती महिलालाई लिएर बहादुरगंजकाे शिवराज अस्पतालमा पुगे , त्यहां अाकस्मिक सेवामा बसेका सिएमए प्रेक्टिसनर कर्मचारीले शरिरकाे एक्सरे गर्न लगाईयाे । अस्पताल भित्रै एक्सरे गरेपछि रेजल्टमा थाईबाेन-डिसप्लेस भनेर रिपाेर्ट अायाे । अब मेजर अप्रेसन गर्नुपर्ने अवस्थाले गर्दा परिवार सदस्यहरु अतालिए र एम्बुलेन्स
व्यावस्था गरि बुटवलकाे चाैराह अस्पतालमा लगे । चाैराह अस्पतालका डाक्टरले फेरि एक पटक एक्सरे गराए र रेजल्ट फरक अायाे । एक्सरेमा थाईबाेन-डिसप्लेस नभएकाे डाक्टरले भने । यी घटनाले दुवै अस्पताललाई त केही फरक परेन तर बिरामी अाेहाेर दाेहाेर र अनावश्यककाे अाैषधि खर्चले बिरामीलाई त समास्या भयाे नै परिवारलाई झन सशंकित बनाएकाे थियाे । यस्तै धेरै घटनाहरु छन जसले शिवराज अस्पताल कर्मचारी र व्यावस्थापन माथि प्रश्नचिन्छ खडा गरेकाे छ ।
यसअघि शिवराज अस्पतालयले बिना कुनै विज्ञापन सिएमए र अाफु नजिकका कर्मचारीहरु भर्ना गरेकाे थियाे । दक्ष प्रविधिक र कर्मचारी व्यावस्थापन हुना नसकेकाेले अहिले अधिकतर बिरामीहरु भारतका विभिन्न प्राईवेट अस्पतालहरुमा महंगाे मुल्य तिरी जाँच गराउन बाध्य भएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट