१३ बैशाख २०८१, बिहीबार

ग्रेड ‘ए’ ल्याउनेलाई ल्यापटप ।।

कृष्णनगर ,/कपिलवस्तु टाइम्स ।

एसईई बिद्यार्थीहरुलाई प्राेत्साहन गर्न कपिलबस्तुकाे भलवारी माविले ल्यापटप वितरण गरेकाे छ । महाराजगन्ज नगरपालिकामा पर्ने श्री शिव प्रताप सरस्वती मा. विद्यालय, भलवारीले गतबर्ष एसईईकाे परीक्षामा ‘ए’ ग्रेड ल्याएका एक जना विद्यार्थीलाई ल्यापटप दिइएकाे छ । विद्यालयकाे व्यावस्थापन समिति अध्यक्ष शैलेष प्रताप शाहले शैक्षिक सत्र २०७३ मा एसईई परिक्षामा सबभन्दा बढी ‘ए’ व ‘ए’ प्लस ल्याउने बिद्यार्थीहरुलाई ल्यापटप वितरण गर्ने घाेषणा गरेका थिए । अध्यक्ष शाहले अाज एक कार्यक्रमका बीच उक्त पुरस्कार छात्र शिवनारायण पाण्डेयलाई प्रदान गरेका हुन । एसईई परीक्षा नजिकदै गएकाेले पुरस्कार पाउने हाेडमा विद्यार्थीहरु धेरै मेहनत गरि पढने हाम्राे विश्वास रहेकाे अध्यक्ष शाहले बताएका छन । साे कार्यक्रमकाे प्रमुख अतिथिमा प्रदेश सभा सदस्य दृगनारायण पाण्डेय एवं विशिष्ट अतिथि कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह रहनु भएका थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट