– शमशाद आदिल
समाजमा फैली रहेको विकृति विसंगती हरु लाई न्यूनीकरण गर्नको लागि मानिस हरु ले शिक्षा हासिल गर्न तिर अग्रसर हुदै गएका छन । समाज ले विभिन्न चरण पार गर्दै शिक्षा हासिल गर्ने संदर्भमा नयाँ नयाँ तरीका ले फडको हानि रहेको छ । मानिस हरु को सामाजिक जनजीवन मा नैतिक मूल्य मान्यता लाई आत्मसाथ गर्दै व्यहवारिक रूपमा निकै नै सकारात्मक परिवर्तन आएको छ।शिक्षा हासिल गर्ने मध्यमार्गी र समाज लाई परिवर्तन गर्ने प्रमुख संवाहक बिदद्यार्थी र युवा हरु नै हुन ।अचेल शैक्षिक ब्यवसाय तीव्र रूपमा हुदै जादा बिदद्यार्थी हरुलाई गुणस्तरिय शिक्षा दिनु भन्दा बढ़ी आर्थिक भार बढाई मुनाफा लिने मा केंद्रित भएका छन । यस्तै बिदद्यार्थी हरु ले कालेज को जीवन मा झेल्नु पर्ने अर्को समस्या सीनियर हरु को रैगिंग हो ।
आमा बुवा र स्वयम बिदद्यार्थी को आफ्नो साहस ले उनि हरु जसरी भएपनि पढ़ने निधो गरी कालेज मा एडमिशन लिने गर्दछन ।तर मानव सेवा नै धर्म हो भन्ने उक्ति लाई पन्छाउदै पढी रहेका बिदद्यार्थी हरु को व्यवहार मा राक्षसपना देख्न थालिएको छ ।
कालेज मा रहेका सीनियर हरु को रैगिंग गर्ने बानी मा दानवता नजर आईरहेको छ ।
नया नया सपना बुनी आमा बुवा को माया ममता छाडेर आस पुरा गर्न समाजमा ज्योति फैलाऊने उद्देश्य लिएर खुशी को आंसू बगाउदै कॉलेज पुगेका हुन्छन। हर्षित नवजोशी परिवर्तनकारी बिदद्यार्थी हरु कॉलेज पुगे पछि सीनियर हरूले आफ्नो लागि उपभोग्य उपकरणीय यन्त्र जस्तो नै बनाई हाल्छन ।
जहिले मन लाग्यो जस्तो सुकै व्यवहार गर्ने । जून सुकै काम मा अह्राउने ,आफ्नै स्वार्थरूपी हैकमबादी साशन चलाउने गर्दछन ।आफ्नै जाल मा अलझायेर राख्ने।
सीनियर हरु पूरा शाही जीवन व्यतित गर्न थाल्छ्न। एउटा सामान्य नागरिक ले पाउनु पर्ने अधिकार बाट समेत बंचित गर्दछन । र् राष्ट्र ले दिएको नैसर्गिक अधिकार लाई हनन गर्ने गर्दछन ।
कालेज़ मा अध्यनरत बिदद्यार्थी हरु भ्रर्खरै युवा अवस्था मा प्रवेश गरेका हुन्छ । यो अवस्था अत्यंत संवेदनशील हुने गर्दछ । यही बेलामा दिर्घकालीन सोच बनाउने र स्पष्ट कथन एवम बिचार निर्माण गर्ने गर्दछ।यस मा मानसिक रूपमा परेको घात ,बीजारोपण भएको स्वभाव र आफ्नो अगलबगल को वातावरण ले निकै नै ठुलो असर पार्ने गर्दछ ।
विद्यार्थी को यही संसार मा सीनियर हरु बाट गरिने अमानवीय बेव्हार ले नकारात्मक भावना मा बृद्धि हुन्छ ।
यसले साना ठुला को हेराई मा नकारात्मक दृष्टि ल्याउँछ । जूनियर हरुको मनोबल घटने गर्दछ । एक अर्का लाई आदर सम्मान गर्ने सोच बदल्ने गर्दछ। मानसिक रोगी हुनु को साथै उच्च शिक्षा हासिल गर्नु लाई नै नकार्ने गर्दछन।
खास गरी दक्षिण एशिया का अधिकांश बिद्यालय हरु मा यस्तो आपराधिक कार्य हरु पर्दा भित्र को रही सीनियर हरु द्वारा हुने गर्दछ । जूनियर हरु लाई निडर बनाऔँ , समस्या खेप्न सक्ने साहसी बनाऔँ जस्ता उधेश्य रहेको भनाइ हरु यस्तो कार्य मा संलग्न रहेका सीनियर हरु ले राख्दै आएका छन ।
तर प्रश्न उठछ की सकारात्मक परिवर्तन पाउन अनैतिक अनुशासनहीन व्यवहार किन ? मनोरन्जन लिएर सकारात्मक परिवर्तन को फल काढ़छौँ भन्ने गलत हो ।
यसमा केहि न्यून मात्रामा फाइदा हुन सकछ त्यसको मात्रामा नोकसान धेरै छ । यसले बिकीर्ति बाहेक केहि ल्याउदैन ।
मयही परिप्रेक्ष्यमा यहाँ एउटा घटना बयान गर्न सान्दर्भिक ठान्दछु ।
एउटा प्रख्यात बिश्व विद्द्यालय मा सीनियर हरु ले नया प्रवेश गरेको एक जना साथी लाई बोलाएका छन । उस ले लगाएको शर्ट भित्र सानो सिरानी पसाएर पुरै फील्ड मा घुम्न लगाएका छन ।घुम्दै गर्दा “ आठ महीना भई सक्यो एक महीना बाकी छ ” श्लोक भनेर खूब जोडले चिच्याएर रुन लगाएका छन । जूनियर ले पनि सीनियर को आदर गर्दै आठ महीना भई सक्यों , एक महीना बाकी छ भन्दै पुरै प्रांगण मा घुम्यो ।।
हज़ारों बिधयार्थी बिश्व बिद्यालय हरु मा लाखौँ रुपया तिरेर उच्च शिक्षा हासिल गर्न एडमिशन गराउछन तर रैगिंग कै कारण भयो पढाई छोड़्न बाध्य हुने गर्दछन ।
। यस्ता सयौँ उदाहरण हरु छन । जसबाट प्रष्ट हुन्छ की शिक्षा को आडमा हुने रैगिंग ठूलो अनैतिक अपराध हो।
अतः हामी सबै यो बाचा गरौं की ठुला को सम्मान र साना सँग स्नेह पूर्ण व्यवहार गरि सभ्य समाज को निर्माण गर्ने छौँ । नैतिक चरित्र प्रस्तुत गरि सकारात्मक र फाइदा मूलक परिवर्तन ल्याउन अग्रसर रहने छौँ ।
( लेखक पत्रकारिता-mass.com का विद्यार्थी हुन )
3