चौथो चन्द्रौटा महोत्सबको भव्य समारोहका विच समुदघाटन ।

मुलुकमा आर्थिक क्रान्ती आवश्यक रहेको महासंघका पुर्व अध्यक्ष ढकालको भनाई ।।
कृष्ण गैरे , १७ माघ कपिलवस्तु
कपिलवस्तुको चन्द्रौटा माघ १७ गते देखि २८ गते सम्म हुन लागीरहेको चौथो चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सव २०७४ को आज एक भव्य समारोहका विच समुदघाटन गरिएको छ ।
कृषि पर्यटन र औधोगीक विकास हाम्रो अभियान,आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित चौथो चन्द्रौटा महोत्सवको उधोग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले उदघाटन गर्नुभएको हो ।
पासनमा वती वालेर महासंघका पुर्व अध्यक्ष ढकालले महोत्सवको भव्य समारोह विच उदघाटन गर्नुभएको थियो । मेलाको उदघाटन गर्दै ढकालले मेला महोत्सवले औद्योगीक क्षेत्रको विकाशमा टेवा पुग्ने वताउनुभयो । नेपालमा मेला महोत्सव आयोजना गर्दा व्यापारीहरुको समृद्धी सगै कृर्षि तथा पर्यटन क्षेत्रको पनि प्रवद्धन भइरहेको उहाले वताउनुभयो ।
कपिलवस्तु जिल्ला एक पर्यटकिय जिल्ला रहेकोले कृषि एव पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्न सकेमा यो क्षेत्र तीव्र विकास हुन सक्ने वताउनुभएको थियो ।
ढकाले राजनैतीक संक्रमणका कारण उधोगी व्यावसायीलाई मार परेको स्मरण गर्दै राजनैतीक अस्थीरताको कारण पनि व्यापारीहरु संकटमा परेको वताउनुभयो उहाले देशमा वन्द हडताल ले गर्दा समस्या पर्ने गरेको समेत वताउनुभएको थियो । कृषिलाई व्यावसायिककरण गरेर कृषि जन्य वस्तुको माध्यमवाट नेपालीहरुलाई प्रशस्त रोजगारीको अवसर सिर्जना गरि आर्थिक क्रान्तीमा लाग्नुपर्ने वताउनुभयो
चन्द्रौटा उधोग वाणिज्य संघको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका धार्मीक एव प्रर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रर्वद्धनमा सहयोग पुग्ने संघका अध्यक्ष जमसेर अली मिंयाले विश्वास व्यतm गर्नुभयो । यसपालीको महोत्सवमा शिवगढी ,सोनोवागढ ,मयादेवी लगाएतका मन्दीर तथा एतिहासीक मस्जीदको नमुना निर्माण गरि प्रस्तुत गरिएको आयोजक सस्थाका अध्यक्ष जमसेर अली मिंयाले वताउनुभयो । महोत्सवमा १० करोडको कारोवार हुने र १ लाख भन्दा वढी दर्शकहरुले अवलोक गर्ने विश्वास रहेको आयोेजक सस्थाका अध्यक्ष अलिले वताउनुभयो । महोत्सवमा कृषिजन्य पर्दार्थ, पर्यटकीय स्थलहरुको प्रचार प्रसार वुद्ध परिपथ , स्थानीय उत्पादनको प्रर्दशनी , राष्टिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने मुल आयोजक समितिका संयोजक जमसेर अली मियाले वताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन केसीले महोत्सव एक रमाइलोको लागी मात्र नभएकाले यस महोत्सवमा कृषि तथा पर्यटनलाई प्रथमिकता दिएकोमा धन्यवाद व्यतm गनुभयो । कृषिलाई आधुनिकीकरण गरी रोजगारीको सृजना गर्न सकेमा युवालाई विदेश जानवाट रोक्न सकिने उहांको दावि थियो । महोत्सवको उदघाटन हुनुपुर्व चन्द्रौटामा वाजा गांजा सहीतको झांकी प्रर्दशन गरिएको थियो ।
उदघाटन शत्रमा जिल्लाका विभिन्न नगरपालीका गांउपालीका प्रमुख उपप्रमुख , वडा अध्यक्षहरु , संघ सस्थाका प्रमुख एवम प्रतिनिधिहरु , छिमेकी जिल्ला र नगरका उधोग वाणिज्य संघका प्रमुखहरु लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रम चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष जमशेर अली मिंयाको अध्यक्षता , महांसंघका पुर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतीथ्यता , महासचिव नारायण भाट क्षेत्रीको संचालन र संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डेको स्वागतमा सम्पन्न भएको थियो । । महोत्सवमा यसवर्ष आंखाको आंखी भौवाट दुई ओटा सम्म कुर्ची उचाल्ने , शरीर माथी गाडी चढाउने , कपालले गाडी तान्ने लगाएतका कला भएका व्यतmीको कलाकारीता हेर्नै वसर पनि मिल्ने आयोजकको भनाई रहेको छ । मरुभुमीमा मात्र पाईने उंटको नाच आकर्षकको रुपमा रहने वताईएको छ । मेलामा २४० वटा स्टलहरु राखिएको आयोजकले जनाएको छ । महोत्सवलाई सव्य भव्य रुपमा सम्पन्न गराउनको लागी विभिन्न समिति उपसमिति गठन गरी मेला अवधि भर ति समितिले पुर्ण रुपमा आफ्नो जिम्मेवारलाई पुरा गर्ने आयोजकले जनाएको छ ।