१२ बैशाख २०८१, बुधबार

चन्दौटा महोत्सवको तयारी पूरा

चौथो डान्स आइडलको प्रथम अडिसन सम्पन्न १३ जना छनोट ।। 
कपिलबस्तु , माघ१६ ।
चौथो चन्द्रौटा महोत्सवको मुख्य आर्कषण मानिएको चौथो डान्स आइडलको प्रथम अडिसन सम्पन्न भएको छ । लुकेर रहेका प्रतिभा लाइ स्थान दिने र क्षमता प्रस्पोटन गर्ने उदेश्यले सञ्चालन गर्न लागिएको डान्स आइडलमा सहभागी हुन आएका १९ जना मध्य १३ जना पहिलो अडिसन बाट छानिएका छन । छानिएका १३ जनाले चौथो चन्द्रौटा महोत्सवमा दर्शक हरुको माझमा नृत्य प्रस्तुत गर्ने छन भने दर्शक हरु बाटै छानिने छन । हरेक बर्ष जस्तै यस पटकको डान्स आइडल पनि निश्पक्ष रुपमा सम्पन्न होस भन्दै सहभागि लाइ सफलताको सुभकामना दिर्दै प्रथम पुरस्कार प्रायोजक राष्ट सेवक डा. दिपक थापाले छनोटमा नगरेका कलाकार भाइ बहिनु हरुले अझ मेहनत गरी अर्को पटकको डान्स आइडलमा प्रथम हुने गरि तयारी गर्न अनुरोध गर्नु भयो । प्रथम अडिसनमा मोडल सुमन पौडेल , दिपक भण्डारी तथा सन बहादुर सारु निणयको भुमिकामा रहनु भएको थियो । चौथो चन्द्रौटा डान्स आइडलको मुख्य र्जजमा सुमन पौडेल र शिब क्षेत्री रहने आयोजकले जनाएको छ ।
यस्तै माघ १७ गते देखि २८ गते सम्म चन्द्रौटामा हुन लागीरहेको चौथो चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सवको तयारी करिव सकिएको आयोजकले वताएको छ । महोत्सव स्थलमा अहिले सचिवालय निर्माण , तारवार स्टेज निर्माण बाल उद्यान , झुला जडान लगाएतको काम सकिएको महोत्सव मुल आयोजक समीतीका सयोंजक जमसेर अली मियाले वताउनुभयो ।
कृषि पर्यटन र औधोगीक बिकास हाम्रो अभियान आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित हुन लागेको महोत्सव माघ १७ गते देखि २८ गते सम्म गत बर्ष सञ्चालन भएकै स्थानमा संचालन हुदैछ । महोत्सवमा कृषिजन्य पर्दार्थ, पर्यटकीय स्थलहरुको प्रचार प्रसार वुद्ध परिपथ , स्थानीय उत्पादनको प्रर्दशनी , राष्टिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजकले वताएको छ । महोत्सवमा आंखाको आंखी भौवाट दुई ओटा सम्म कुर्ची उचाल्ने , शरीर माथी गाडी चढाउने , कपालले गाडी तान्ने लगाएतका कला भएका व्यक्तीको कलाकारीता हेर्नै अवसर पनि मिल्ने छ भने मरुभुमीको उँठको नाच समेत हेर्न पाइने आयोजकको भनाई रहेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट