१२ बैशाख २०८१, बुधबार

चुलाे ल्याएकाे ट्रकमा महंगा कपडा बरामद, कृष्णनगर कै व्यवसायीकाे संग्लग्नता रहेकाे स्राेतकाे दाबी

अंकुश कुमार श्रीवास्तव

कृष्णनगर ,जेठ १५। भारतबाट पैठारी गरेकाे ग्यांस चुलाेकाे ट्रकमा कराेडाैंका महंगा कपडा बरामद गरिएकाे छ।
शनिबार कृष्णनगर नाका हुँदै अवैधरुपमा भित्रिदै गरेकाे एउटा ट्रकमा ग्यांस चुलाे काे प्रज्ञापन गराउंदा शंका लागेपछि भन्सार कार्यालयकाे यार्डमा चेकजांच गर्दा २५० गाेटा ग्यांस चुलाे र २०२ पाेका महंगा कपडा बरामद गरिएकाे छ ।

भन्सार छली गरि भित्र्याउने लागिएकाे कराेडाैंकाे कपडा शुलभ इन्टरप्राइजेज काठमाडौंकाे नाममा कुल १० लाख ८४ हजारकाे मात्र बिलिङ्गमा भारतीय कस्टम काे इक्जिम काेड १२७५११६७००१५० एनपी बाट निकासी गरिएकाे थियाे । भारतमा कस्टम गर्दा ग्यांस चुलाे नै थियोे तर कृष्णनगर भन्सारमा भएकाे कपडा बरामदबारे आफुलाई जानकारी नभएकाे सिएचए (कस्टम एजेन्ट) ले बताएका छन ।
संचारकर्मीहरुले साेध्दा कस्टम सुपरिटेन्डेन्ट पियुष पाण्डेले आफ्नाे कमजाेरि लुकाउदै केही नबाेल्न नमानेकाे साथै कस्टमबारे कुनैपनि जानकारी लिन माथिल्लो निकायमा सम्पर्क गर्न अनुराेध गरे । कुनैपनि मालवाहक गाडी नेपालमा प‌ैठारी हुंदा भारतकाे कस्टम गरिसकेपछि एसएसबीले पनि चेकजाँच गर्छ त्यसपछि बार्डर कस्टम निरिक्षकले पनि जाँच गरि मात्र नेपाल भित्रिने गर्छ तर कस्टम लगायत अन्य निकायहरुकाे लापरवाहीले कराेडाैंकाे कपडा ग्यांस चुलाेकै नाममा कस्टम गरि नेपाल पठाइयाे । भारतीय कस्टमले यस्तै लापरवाही गर्छ भने भाेलीका दिन कुनै बिस्फाेटक पदार्थ नेपाल भित्रिनेछ र दुईदेश बीचकाे सम्बन्धमा असर पर्न सक्ने सराेकारवालाकाे भनाई छ ।

कृष्णनगर भन्सार कार्यालयका प्रमुख जनार्दन पाैडेलले  राज्यकाे लाखौंकाे राजस्व छलि हुनबाट जाेगियाे साथै हामी पनि ठुलाे दुर्घटनाबाट जाेगिएकाे बताउनुभयाे । उनले भन्सार यार्डसम्म पुगेकाे अवैध कपडा अहिले हाम्राे नियन्त्रणमा रहेकाे र सबै प्रक्रिया पूरा गरि २ सय प्रतिशत जरिवाना लगाइने छ साथै हकदाबी नभएमा लिलाम गर्न सकिने बताउनुभयाे ।
भन्सार अधिकृत बिकास उपाध्यायले बिहिवार सांझ २७१० गाेटा ग्यांस चुलाेकाे कस्टमका आधारमा एच आर ५५ ए ५६४८ भारतीय ट्रक प्रज्ञापन गराउन आउंदा शंकाका अधारमा चेकजाँचपछि नै पैठारी गर्न यार्डमा थन्काइयाे पछि चेकजाँच गर्दा ग्यास चुलाेकाे ट्रकमा अनुमानित करोडौंकाे महंगा कपडाहरु बरामद गरिएकाे थियाे जसकाे अनुसान्धान भइ कार्यवाही अगाडि बढाइने बताउनुभयाे ।

भन्सारले नियन्त्रणमा लिएकाे कपडा कृष्णनगरकै कपडा व्यवासायी सुरेका कन्सर्नकाे रहेकाे र काठमाडौंमा रहेका डिलरहरुलाई पठाउन लागिएकाे थियाे । शुलम इन्टर प्राइजेज काठमाडौंकाे कपडा डिलर हाे जसले भारतीय कपडाकाे थाेक व्यावसाय गर्छन भनी गाेप्य स्राेतले जनाएकाे छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट