१२ बैशाख २०८१, बुधबार

प्रचिन शिवमन्दिरकाे जिर्णाेद्धार शुरु ।।


कपिलबस्तु ,माघ १५ । कृष्णनगर नगरपालिका वडा नम्बर ११ बसन्तपुरमा रहेकाे लगभग ८०० बर्ष पुरानाे शिव मन्दिरकाे जिर्णाेद्वार गरिएकाे छ । वडा न:११ का कुल छ वटा गाउंका सर्वसाधारण तथा कृष्णनगर नगरपालिकाकाे अार्थिक सहयाेगमा मर्मत सम्भार कार्य सम्पन्न भई प्रांगणमा ईंटा साेलिगं गरिरहेकाे मन्दिर व्यावस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रीवास्तवले बताएका छन ।
सदरमुकाम ताैलिहवाकाे ताैलेश्वरनाथ र याे शिवमन्दिर जिल्ला कै प्रचिन मन्दिर मध्ये हुन र यश मन्दिरकाे निर्माण हाम्रा पुर्वज जगनलाल र छेदीलाल श्रीवास्तवले निर्माण गराएकाे त्रिभुवन क्याम्पस पाल्पाका प्राध्यापक बालजी श्रीवास्तव बताउँछन् । अाज प्रांगणमा इटासाेलिगंकाे कार्यक्रम शुभारम्भका लागि नगरप्रमुख रजत प्रताप शाहले पुजाअर्चना गरि शुरु गरेका थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट