शिवराजकाे घुम्ती शाैचालय संचालनमा ।
कपिलवस्तु ,माघ १५ । कपिलवस्तुको शिवराज नगरपालिकाको मुख्य वजारको रुपमा चिनिएको चन्द्रौटा बजारमा सार्वजनिक शौचालय संचालनमा आएको छ ।
शिवराज नगरपालिका द्धारा संचालित रहेको उक्त शौचालय आइतवार नगरप्रमुख नेत्रराज अधिकारीले उद्धघाटन गरे । लामो समयको कसरतपछि चन्द्रौटामा शौचालय संचालनमा आएको हो । चन्द्रौटामा दिनप्रतिदिन बस्ति बिकाससंगै शहरीकरण्ँ बढ्दै गएपछि नगरपालिकाले शौचालयको अवधारणँ अगाडि सारेको थियो । शिवराज नगरपालिका भित्र सार्वजनिक शौचालय नहुदा समस्या भएको हुदा सार्वजनिक शौचालय आतिआवश्यक रहेकोले शौचालयको अवधारण ल्याएकोे नगरप्रमुख अधिकारीले वताए ।
चन्द्रौटा वजार व्यस्त वजार रहेता पनि शौच गर्नको लागी कुनै होटल जानुपर्ने र खाजानास्ता खानुपर्ने वाध्यतालाई मध्यनजर गरी सार्वजनिक शौचालय संचालनमा ल्याएको नगरप्रमुख अधिकारीले जनाए ।सार्वजनिक शौचालयलाई व्यावस्थित रुपमा प्रयोग गर्ने नगरप्रमुख अधिकारीले आग्रह गरे । शिवराज नगरपालिकाको ८ लाख २५ हजार लगानीमा शौचालय ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेसकान्त पौडेलले वताए .