७ जेष्ठ २०८१, सोमबार

कृष्णनगर वडा छ खुला दिशा मुक्त घाेषणा।।

कृष्णनगर ,माघ १५ । जिल्लाकाे कृष्णनगर नगरपालिका वडा नम्बर छ खुला दिशा मुक्त घाेषणा गरिएकाे छ ।
नगर प्रमुख रजत प्रताप  शाहकाे  प्रमुख अतिथ्यतामा अाज कृष्णनगर नगरपालिका वडा नम्बर छ लाई पुर्ण सरसफाई वडा घाेषणा गरिएकाे छ । वडाकाे ६ सय ३० घरधुरि मध्ये कच्ची पक्की गरि कुल ६०० चर्पी बनाई सकेकाे बाँस ट्रिग्रर पृथ्वीपाल तेली ले जानकारी गराएका छन ।
अाफ्नाे गाउंघर सरसफाई राखेमा विभिन्न राेग व्याधिबाट बाच्न सकिने तथा सुसम्पन्न नगरपालिका निर्माण हुने नगर प्रमुख रजत प्रताप शाहले बताएका थिए ।
कार्यक्रमकाे संचालन डिवाससिसिका दयाराम शर्मा ले गर्नुभएकाे थियाे तथा अध्यक्षता वडाध्यक्ष देवानन्द शुक्लाले गर्नुभएकाे थियाे । उक्त कार्यक्रममा जिल्ला संयोजक कमला सापकाेटा तथा अन्य परिचालक एवं जनप्रतिनिधिहरुकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका