पत्रकारिता बैकल्पिक शक्ति भन्दै प्रेस मञ्च झापा गठन
चन्दन रौनियार / मङ्सिर २, झापा।
वर्तमान राज्य ब्यबस्थाको नजरमा प्रेस जगत उपेक्षित भएपनि समाज परिबर्तनकोलागि पत्रकारिता बैकल्पिक शक्ति भएकोले संक्रमणकालीन अवस्थामा पत्रकारहरुले जिम्मेवारीपूर्ण ढङ्गले कलम चलाउनुपर्ने कुरामा राजपा नेपालका स्थानीय नेताहरुले जोड दिएका छ शनिबार जिल्ला सम्मेलन उद्घाटन समारोहमा उपस्थित वक्ताहरुले यस्तो धारणा ब्यक्त गरेका हुन् । प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य कार्यक्रम संयोजक चन्दन रौनियारको सभापतित्वमा सम्पन्न प्रथम झापा जिल्ला भेलालाई बिर्तामोड अतिथि सदनको सभाकक्षमा उपस्थित सम्वोधन गर्दै प्रमुख अतिथि राजपा नेपाल बाट झापा प्रदेशसभा उमेदवार सुर्यनरायण गणेश ,स्थानीय पत्रकार सगिता रौनियार ,ईन्द्रसिंह राजवंशी , मधेसी युवा समाजका सुरेश कुमार यादब लगायतका बक्ताहरुले पहिचान सहितको संघीय राज्यब्यबस्था स्थापना नभइञ्जेलसम्म पत्रकारहरुले निर्धक्कसँग समाचार लेख्न नसक्ने भन्दै पहिचानबादिको पक्षमा कलम चलाउन आग्रह गरेका छन । जिल्ला भेलाको बन्द शत्रबाट बिर्तामोडका पत्रकार दिलिप सिंहको अध्यक्षतामा ११सद्स्यीय प्रेस मञ्च झापा जिल्ला को गठन भएको छ ।
उपाध्यक्ष कृष्गालाल राजवंशी ,सचिव नितेष चौधरी ,सहसचिव श्रवण कुमार साह ,कोषाध्यक्ष ममता यादव यसैगरी सदस्यहरुमा चन्दन सहनि ,मोहन राजवंशी ,शम्भु साह ,सन्तोष ठाकुर ,बिकासचन्द्र राजवंशी ,मन्जु सरन र सल्लाहकार गोपाल सरन रहेका छन् । झापामा पत्रकारिताको विकास र पत्रकारहरुको क्षमता बृद्धिकालागि चाँडै आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिने नवगठित समितीका अध्यक्ष दिलिप सिंहले बताए ।