कृष्णनगर सफा राख्न स्थानियकाे सहभागिता अावश्यक : नगरप्रमुख शाह

कृष्णनगर , कार्तिक २२ ।कृष्णनगर नगरपालिकाकाे अायाेजनामा अाज नगर सरसफाई कार्यक्रम समपन्न गरिएकाे छ ।
युनिसेफकाे सहयाेग तथा जनपद र सशस्त्र प्रहरीकाे सहकार्य मा अाज कृष्णनगर बजारकाे सरसफाई गरिएकाे छ । नगरपालिका प्रमुख रजत प्रताप शाह लगायत नगरसमितिका पदाधिकारी , प्रहरी र स्थानिय समेतकमे सहभागितामा नगरपालिका कार्यालयदेखि भन्सारसम्म सरसफाई गरिएकाे छ । यसपछि हरेक सप्ताह सबैकाे सहभागीता प्रत्येक वडाकाे सरसफाई गरिने कार्यक्रम रहेकाे अधिकृत गणेश अार्यालले बताएका छन । कृष्णनगरलाई खुलादिशा मुक्त र सरसफाई युक्त बनाउन स्थानिय सहभागिता हुनै पर्ने नगरप्रमुखकाे भनाई छ ।
प्रदेश सभा निर्वाचनपछि स्थानिय तह प्रदेश सरकार मताहत काम गर्नेछ , त्यसपछि हामी सबै मिलेर कृष्णनगर नगरपालिकालाई स्वच्छ र सुन्दर बनाउन सक्रियता अगाडि बढने समाजसेवी शैलेष प्रताप शाहले बताए । कृष्णनगर हाम्राे जन्मभुमि भएकाे हामी सबैले अाफ्नाे साेचमा परिवर्तन ल्याउन अावश्यक रहेकाे उनकाे भनाई छ ।