ऐन, नियम र मापदण्डबारे गाेष्ठी समपन्न ।।

सेयर गर्नुहोस

कृष्णनगर, कार्तिक २१ । पशु क्वारेन्टाइन चेक पाेष्टकाे ऐन नियम मापदण्डबारे एकदिने गाेष्ठी अाज कृष्णनगरमा समपन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय पशु क्वारेन्टाइन कार्यालय प्रमुख डा. रामनन्दन तिवारीले कार्यपत्र प्रस्तुत गरेका थिए भने पशुढुवानी मापदण्डबारे कार्यपत्र डा. अखिलेश्वर पाण्डेले प्रस्तुत गरेका थिए । कार्यपत्रमा पशुपंक्षि र जनावरबाट मानिसमा सर्ने राेग तथा क्वारेन्टाइन गर्दा ध्यान दिनुपर्ने कुराहरु बारेपनि छलफल गरिएकाे थियाे । कार्यक्रममा नगरपालिका , शिक्षा कार्यालय, स्वास्थ्य कार्यलयका प्रतिनिधि लगायत तीनवटा इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी संयुक्त उपस्थिति रहेकाे थियाे ।

Facebook Comments Box