चेलीबेटी बेचबिखनका बिचाैलिया पक्राउ ।।

सेयर गर्नुहोस

कपिलवस्तु , कार्तिक २१ ।

मानब बेचबिखन तथा लैगिक हिंसा बिरुद्ध क्रियाशिल संस्था केआई नेपाल र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलिले मानब बेचबिखन तथा ओसापसारको आरोपमा एक जना बिचौलिया नियन्त्रणमा लिएको छ । बिचौलियालाई मानब बेचबिखन तथा ओसार पसारको अन्तरगत इलाका प्रहरि कार्यलय कृष्णनगरले मुद्धा दर्ता गरिएको छ ।

बिचौलिया राजापुर १ बर्दिया बस्ने बर्ष ३५ को कृष्ण प्रसाद रेग्मी रहेका छन। कृष्ण प्रसाद रेग्मी र एक फरार बिचौलियाको मिलेमताेमा दैलेख घर भएका गोमा बि.क र निर्मला बि.क (नाम परिबर्तन) लाई कुबेत लाने र कुबेतमा ठूलो रकम कमाउन सकिने भनि बिभिन्न प्रलोभनमा पारि भारत हुदै कुबेत लैजाने बहानामा सिमा पार गराउन खोजेकाे प्रहरी निरिक्षक गैरेले जानकारि दिएका छन ।

मोटो रकम हुने प्रलोभन देखाउनु,सिमा पार गर्दा बिभिन्न कुरा ढाट्न लगाउनु,कसैले सोधेमा आंखा हस्पिटल जान लागेको भन्न लगाउनु सोधपुछ र परामर्शपश्चात खुल्न आएको केआई नेपालका परामर्शदाताहरुले जानकारी दिए ।संस्थाले निज चेलीहरुलाई उद्धार गरेपछि निज चेलीहरुलाई साथमा लिएर आउने कृष्ण प्रसाद रेग्मीलाई केहि समयमा नै नियन्त्रणमा लिएको इलाका प्रहरि कार्यलय कृष्णनगरका कार्यलय प्रमुख सुभास गैरेले जानकारि दिनु भयो । गैरेका अनुसार एक फरार बिचौलीयाको खोजी भईरहेको बताउनु भयो ।

उद्धार गरिएका दैलेखका चेलीहरुलाई केआई नेपाल शाखा कार्यलय कृष्णगर र नेपाल प्रहरिको संयुक्त रोहबरमा अभिभाबकको जिम्मा लगाई सकेको केआई नेपाल कपिलबस्तुका जिल्ला संयाजक केसर बिशकर्माले जानकारि दिनुभयो ।

Facebook Comments Box