८ आश्विन २०८०, सोमबार

िसमाबाट ९ चेलीको उद्धार

 

अंकुश श्रीवास्तव,कृष्णनगर । मानब बेचबिखन तथा लैगिक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था केआई नेपालले सिमा नाकाबाट ८ जना चेलीको उद्धार गरेको छ ।

उद्धार गरिएका चेलीहरु भारतमा रोजगार गर्ने उदेश्य देखि तेस्रोमुलुक सम्म जान लागेको जनाएको छ । मानब बेचबिखन बिरुद्ध कपिलबस्तुको सिमा नाकामा रहि यात्रु गेट र लिंगेटमा दुबै ठाउमा सिमा निगरानीलाई कडाई गर्दा उक्त चेलीहरुको उद्धार गरिएको हो ।उद्धार गरिएका चेलीहरु पुर्ब धनकुटा देखि सिन्धुली सम्मका रहेका छन ।

उद्धार गरिएका चेलीहरु धनकुटा १, अर्घखाचि ३,रुपन्देहि १,दाङ्ग २ , कपिलबस्तु १ र सिन्धुलीको १ गरि ९ चेलीको उद्धार गरिएको हो ।

केहि दिनमा फरक फरक समयमा उद्धार गरिएका चेलीहरु घरमा कुनै जानकारि नदिई बिबहा गर्ने निउमा,रोजगार गर्ने निउमा र बैदेशिक रोजगारको निउमा समेत जान लागेको सोधपुछको क्रममा खुलेको केआई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिशकर्माले जानकारि दिए ।

उद्धार गरिएका चेलीहरुलाई घर फिर्ता गर्ने क्रममा कयौ अभिभाबकले खुसिका आसु समेत जार्नु भएको कुरा बिशकर्माले बताउनु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट