निरहु यादव कपिलवस्तु कार्तिक ५
कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ दयानगरमा बितेको राति चोरिएको पशु चौपयाहरु स्थानीय बासीहरुको विशेष खोजीमा पारीको सिद्धार्थनगर जिल्ला को डढउलमा समातिएका छन । दयानगरका बच्चु प्रसाद यादवले पालेको ४ ठुला भैसी र ५ पाडापाडी गरी ९ वटा पशुहरु गोठबाटै गए राति लगभग २ बजेको समयमा चोरिएको बिहान लगभग साढे ५ बजे डढाउलकै रामकुमार यादव मुनेश्वर यादवले पशु चोरी को हल्ला सुनेकोले पशु हाक्ने वालाहरुसँग सोधपुछ गर्दा कुरा न मिले पछि गाउँलेलाई गुहार बोलाउदा चोरहरु पशुहरुलाई छोडेर भगेका थिए । पिडित यादव पक्षले तत्काल पुगे पछि सम्पूर्ण पशुहरुलाई गाउँलेहरुल बच्चुलाई सकुशल जिम्मा दिई पठाएका छन । गत बर्ष यसै सयममा कृष्णनगर नगरपालिकाबाट करिब दुई दर्जन पशु चोरी भएको स्थानियले जानकारी दिएका छन । पछिल्लो समय कपिलवस्तुमा चोरीको घटना बढदै गएकोले आफुले यश घटना बारेमा आफुले खोज गरि चाडै नै चोरको गिरोहलाई कारवाही गर्ने बताएका छन ।
3