८ असार २०८१, शुक्रबार

सहयाेग गर्नुस सुन्दर नगर बनाउने छु: नगर प्रमुखह


निरहु यादव, कार्तिक ३

कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले एक कार्यक्रममा बोल्दै आफ्नो कार्यकाल सम्ममा आफुले निर्वाचनको बेला दिएको वाचा पूरा गरि नगरपालिका को अनुहार नै फेरिने बताएका छन । नगरपालिकाको ७ नम्बर वडामा बुद्ध ज्योति प्रा. बि. कौढिडिहवाको आयोजनामा भएको शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै यसपालि धेरै नीतिनियम तथा कार्यक्रमहरु बुझ्न् र बनाउन अलि गार्‍हो भए पनि आउने समयमा शिक्षामा बिशेष बजेट बिनियोजन गर्ने र प्राबिधिक तथा आधुनिक शिक्षाको गर्ने बताए । त्यस्तै नगरबासीहरुको लागि आर्थिक क्रान्ति ल्याउन युवाहरूलाई स्वरोजगारी गराउन सीपमूलक तालिम तथा लगभग ८०% कृषक रहेकालाई ब्यवसायिक पशुपालन तथा कृषि उत्पादनमा विशेष योजना ल्याउने समेत बताएका छन । अधिकार को साथै कर्तव्य पनि पालन गर्न सबैलाई अनुरोध गरेका छन । हामीले तपाईंहरुको समुचित चौतर्फी बिकासमा पुर्ण इमानदारीको साथ लागेका छौ तपाईंहरु धैर्यताको साथ आफ्नो क्षमता अनुसार सहयोग गरिदिनु हुन अनुरोध गरेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट