१३ बैशाख २०८१, बिहीबार

थप १५ जनामा काेराेना पुष्टि, ३२ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय ४७ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवभिमा ३२ जना काेराेना सङ्क्रमणबाट निकाे भएका छन् । याेसँगै नेपालमा काेराेनाका सक्रिय सक्रमितको सङ्ख्या दुई सय ९८ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यसैबीच २४ घण्टामा ३५ हजार सात सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट