अवैध पटाकाकाे पैठारी बढदाे, पचास हजारकाे पटाका बरामद ।।

सेयर गर्नुहोस

कपिलबस्तु ,असाेज २९। तिहार नजिकदै जादा बार्डर क्षेत्रबाट अवैध पटाकाकाे चाेरी पैठारी बढेकाे छ ।

बढनीबाट कृष्णनगर हुँदै दांग लग्दै गरेका दुई व्यावपारीलाई लगभग ५० हजार बराबारकाे पटाकाका साथ कृष्णनगर प्रहरीले पक्राउ गरेर मुद्दा दर्ता गराएकाे छ । राप्ती गाउंपालिका ८ पिपरी गाउं बस्ने बर्ष २७का दिनेश गुप्ता तथा साेही गाउंका बर्ष १६ का संजय गुप्ता लाई सुराकीकाे अाधारमा दुई बाेरा पटाकाका साथ पक्राउ गरिएकाे प्रहरी निरिक्षक सुभाष गैरेले बताएका छन ।        विशेष गरि तराईमा तिहार चाड मनाउदा पटाका पटकाउने चलनकाे रुपमा लिने गरिए तपनि चुनावलाई मध्यनजर कुनै प्रकार अरजकता उत्पन्न हुन नदिन कडाई गरिएकाे प्रनि गैरेकाे भनाई छ ।
भारतकाे बलरामपुर, डुमरियागंज, नाैगढ लगायतकाे ठाउंबाट सस्ताे पटाका पाइने हुनाले खुला सिमाना हुदै पटाका भारतबाट नेपाल भित्रिने क्रम बढेकाे छ ।

Facebook Comments Box