२० फाल्गुन २०८०, आईतवार

मिथिला जागरण यात्राको टोलीलाई दुहबीमा स्वागत

सुनसरी , १४असोज । मिथिलाक अनुपम डेग नामक संस्थाद्वारा जारी मिथिला पुनरजागरण यात्राको टोलीलाई सुनसरीको दुहबीमा स्थानीय युवा पत्रकार चन्दन रौनियारको टोलीले स्वागत एवम् अभिनन्दन गरेको छ ।

बाराको सिम्रौनगढबाट शुभारम्भ भएको जागरण यात्रा टोली शुक्रबार दुहबीमा आईपुगेको हो । उक्त टोलीलाई दुर्गाकालि मन्दिरमा एक समारोहका बीच यात्राका अभियन्ताहरु पत्रकार ध्रुव कुमार झा, फिल्म निर्देशक एवम् अभिनेत्री सरिता साह र मिथिलाक अनुपम डेग संस्थाका महासचिव निराजन झालाई दोसल्लासहित माला र अबीर लगाएर स्वागत एवम् अभिनन्दन गरिएको छ । दुहबीमा रहेका कूष्ण मन्दिर,शिव मन्दिर, हनुमान मन्दिर,दुबिसुभि मन्दिर,र कालिदुर्गा मन्दिर समेत शक्ति पिठहरुमा स्थलगत अालोकण सहितको दुर्गा भगवती मन्दिर लागने मेला ब्यानेर बोकेर प्रचार पमपलेट समेतबाटेका थिए
उक्त यात्रा मोरंगको किचक बध स्थलसम्म पुग्ने टोलीका निराजन कुमार झाले जानकारी दिएका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट